ताजा समाचार सामाचार

एकै परिवारका सात जनाको विमान दुर्घटनामा….

जेठ १६ , काठमाडौँ – तारा एयरको जहाज दुर्घटनास्थल मुस्ताङको थासाङ-२ मा १४ जना यात्रुको शव भेटिएको छ। नेपाल नागरिक उड्य यन प्राधिकरणले दुर्घटनास्थलबाट १४ जनाको शव भेटिएको पुष्टि गरेको हो।

तर ती सबै शवको पहिचान हुन नसकेको पनि प्राधिकरणले जानकारी दिएको छ। हाल सम्म १४ जनाको शव भेटिएको र पहिचान हुन बाँकी रहेको छ ।

तारा एयरको नाइन एन एईटी ट्विनअट्टर जहाज आइतवार बिहान ९ बजेर ५५ मिनेटमा पोखरा बाट जोमसोमका लागि उडेको केही मिनेटमा बेपत्ता भएको थियो। तारा एयरको जहाज दुर्घ टना भएको अहिले ३ जना सेना, चार जना शेर्पा र ९ जना स्थानीयबासीले उद्धार गरिरहेका छन्।

चालक दलका तीन जनासहित २२ जना सवार जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरे भीरमा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको हो। आइतबार बिहा नदेखि सम्पर्कविहीन जहाज क्षतविक्षत अवस्था मा गोठाला र स्थानीयवासीको टोलीले भेटाएका हुन्।

दुर्घटनाग्रस्त विमानमा एकै परिवारका सात जना, मुस्ताङमा दुर्घटनाग्रस्त स्थितिमा फेला परेको तारा एयरको जहाजमा एकै परिवारका सातजना रहेको पुष्टि भएको छ ।

हिजो बिहानदेखि बेपत्ता भएर आज बिहान भेटिएको दुर्घट नाग्रस्त विमानमा धनुषाको धनुषाको मिथिला नगरपालिका– ११ लोटाका एकै परिवारका सात जना सवार रहेको पुष्टि भएको छ ।

उक्त विमानमा मिथिला नगरपालिका– ११ लोटाका राजन कुमार गोले, उनका बुबा इन्द्र बहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ सवार थिए ।

उनीहरु मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए।

Facebook Comments Box