ताजा समाचार

पाईलट घिमिरे सँग २५ बर्षे अनुभव थियो तर पनि..

काठमाडौं, जेठ १६ । पोखराबाट जोमसोम का लागि उडेको तारा एयरको विमान बेपत्ता भएको २० घन्टा बित्दा पनि विमानको बारेमा कुनै पत्तो लागेको छैन। सो विमान

मुस्ताङको मानापाथी हिमाल वरपर दुर्घटना भएको आशं का गरिए पनि विमानको बारेमा अहिलेसम्म कुनै आधिका रिक जानकारी आएको छैन। लामो समयदेखि नै विमान

चलाउँदै आएका क्याप्टेन प्रभाकर घिमिरेले बिहान ९:५५ बजे विमान पोखराबाट जोमसोमको लागि विमान उडाए का थिए ।२५ वर्षदेखि विमान उडाउँदै आउनुभएका घिमिरे

सहितको टोलीको अवस्था यो समाचार तयार पारुञ्जेल अज्ञात रहेको छ।क्याप्टेन घिमिरेसहित कोपाइलट उत्सव पोखरेल र एयरहोस्टेज क्रिस्मी थापा रहेका थिए। उनीसँगै

थिए २५ वर्षे कोपाइलट उत्सव पोख्रेलले उडान भरेका थिए । रुकुम पश्चिम चौरजहारी नगरपालिकाका पोख्रेल फिलिपिन्स बाट अध्ययन” सकेर नेपाल आएका हुन्।।।

आइतबार बिहान सिनियर क्याप्टेन प्रभाकर घिमिरेको नेतृत्वमा १९ जना यात्रु बोकेर पोखराबाट जोमसोमतर्फ उड्ने तयारीमा थियो, तारा एयरको ट्वीनअटर जहाज। र,

सोही जहाजमा को–पाइलट थिए, उत्सव पोखरेल।बिहान ९ः५५ बजे जहाज पोखराबाट ‘टेकअफ’ हुने तयारीमा थियो। प्लेन उड्नु करिब ४ घण्टा अगाडि बिहानै उत्सवले

जाजरकोटस्थित खंलगामा रहेका बुबा मणिरामलाई फोन गरेका थिए। मणिराम त्यहाँ रहेको नलगाड नगरपालिकामा श्रोत व्यक्तिका रुपमा कार्यरत छन्। जतिबेला छोराले फोन

गरेका थिए, त्यतिबेला उनी खलंगाको रम्वामा होटलमा बसिरहेका थिए। अनि, उनीसँगै उक्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनबहादुर गिरी पनि थिए।

छोराको फोन उठाएर मणिराम लाउडस्पिकरमै बोले। ‘एकछिनपछि पोखराबाट जोमसोमको फ्लाइट छ, अब तयारी हुँदैछु,’ उत्सव र बुबाबीचको संवाद छेउमै रहेका

मनबहादुर सुनिरहेका थिए। अहिले सोही जहाज बेपत्ता भएको खबर सुनेपछि मनबहादुर झसंग भएका छन्।उनीहरुबीचको सुखद् वार्तालापपछि हामी दुई जना नल

गाड दल्लीतिर हिँड्यौँ,’ उनले फेसबुकमा उनीहरुबीचको वार्तालाप राख्दै लेखेका छन्, ‘दल्ली पुगेको केही समयमा सर आत्तिँदै मकहाँ आएर छोराले चलाएको जहाज सम्पर्क

बाहिर भएको खबर गर्नुभयो। मेरो मनमा पनि तनाव सुरू भयो र गाडीको व्यवस्था गरेर नेपालगञ्जतिर पठाइयो। भगवानसँग पुकार छ, बाबु उत्सवसहित सबै जना जीवित

फेला परून्।’बुझिएअनुसार मणिरामका दुई छोरामध्ये उत्सव कान्छा छोरा हुन्। २५ वर्षिय उनले दुई वर्ष पहिले फिलिपिन्स बाट पाइलट कोर्ष पूरा गरेर उनले तारा एयरमा

जागिर सुरु गरेका थिए। त्यस्तै मणिरामका जेठा छोरा उदिप पोखरेल पनि यतिबेला पाइलट बन्नका लागि फिलि पिन्समा छन्।छोरा ‘को–पाइलट’ रहेको जहाज बेपत्ता भए

को खबर सुनेपछि बुबा मणिराम यतिबेला नेपालगन्ज लागेका छन्। बिहानको संवाद नै अन्तिम नहोस्, सायद यही आशामा।

Facebook Comments Box