सुर्खेत । पछिल्लो समय कर्णालीमा पनि को’रो’नाको अव स्था भयावह बन्दै गएको छ । दैनिक सयौँ को’रो’नाका बिरामी थपिनुका साथै दैनिक मान्छेको मृ’त्यु भइरहेको अवस्था छ । कर्णालीमा को’रो’नाको अवस्था भयावह बन्दै गएपछि प्र’देश मुख्यमन्त्री महेन्द्रबहादुर शाही शुक्रबार साँझ बिरामी भेट्न अस्पतालमै पुगेका छन् ।
उनले प्र’देश अस्पताल सुर्खेत पुगेर कोभिड संक्रमित बिरा मीहरूको उपचार अवस्थाको बारेमा जानकारी लिए । उन ले अनुगमन पश्चात उपचारलाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिएका छन् । शाहीले कोभिड आइसोलेशन वार्डको निरीक्षण गर्नुका साथै अस्पतालका निर्देशक डा. डम्बर खड्का र को’रो’ना फोकल पर्सन डा.के एन पौडेल सँग छलफल समेत गरे ।
साथै उनले कोभिड उपचारका लागि अग्रभागमा रही सेवा गरिरहेका स्वास्थ्यकर्मी हरूको गुनासो एवं समस्याहरूको पनि जानकारी लिएका छन् । मन्त्रिपरिषद बैठक पश्चात आर्थिक मामिला तथा योजना मन्त्री बिमला केसीसहित मुख्यमन्त्री शाही प्रदेश अस्पताल पुगेका हुन् ।
थप समाचार ! नेपाल प्रहरीले तोकिएको स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने र आदेशको पालना नगर्ने आठ हजार २४ जनालाई सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० बमोजिम कारवाही गरेको छ । उनीहरुलाई उल्लङ्घन को मात्रा हेरी जरिवाना तिराएर छाडिएको छ । नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार पछिल्लो २४ घण्टामा मास्क नलगाई हिँड्ने १६ हजार ६६४ जनालाई निःशुल्क वितरण गरिएको र नलगाई हिँडडुल गर्ने ४५ हजार ७७७ जनालाई होल्डिङ जोनमा राखी सम्झाएर छाडिएको छ ।
कोभिड– १९ सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले कारवाही अभियानसँगै सचेतनामूलक कार्य क्रम पनि सञ्चालन गरिरहेको छ । मानिसले सरकारी आदे शको उल्लङ्घन गरी जथाभावी रुपमा हिँडडुल गरेपछि सचेतनामूलक कार्यक्रम गरी सुझाव दिने गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीले ठाउँठाउँमा प्ले कार्डसमेत प्रदर्शन गरेको तथा बटुवालाई भेटेरै मास्क लगा उन, सावधानी अपनाउन तथा अत्यावश्यक काम नपरी बाहिर ननिस्किने शर्तमा घर पठाउने गरिएको प्रहरी प्रवक्ता कुँवरले जानकारी दिए ।
उनका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर ५१८ सचे तनामूलक कार्यक्रम सम्पन्न भएको र तिनमा ६८ हजार ५६७ जना सहभागी भएका छन् । नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण बढ्दै गएका सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी सङ्क्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि अभियान चालिएको उनले बताए । नेपाल प्रहरीले सङ्क्रमणबाट आफू बचौँ र अरु लाई पनि बचाऔँ’ भन्ने नारासहित तपाईंको मास्क खै ? लगायत विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।
कार्यक्रमअन्तर्गत नेपाल प्रहरीले विभिन्न स्थानमा कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सचेतनामूलक सन्देश सहितको माइकिङ, सवारी साधनको जाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शनलगायत कार्यक्रममार्फत मास्क तथा स्यानि टाइजरको सही प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोधसमेत गरेको छ । कार्यक्रमलाई थप प्रभावकारी र सफल बनाउन प्रहरीले अन्य सुरक्षा निकायलगायत सरो कार पक्षसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमन लाई समेत तीव्रता दिएको छ ।श्रोत:रातोपाटि