ताजा समाचार सामाचार

सालोको मृत्यु, उनको मलामी गएका भिनाजुको पनि मृत्यु : कारण यस्तो छ

काठमाडौं, जेठ १४ ।सल्यानमा छिमेकीको मलामी गएका ३७ वर्षीय पुरुषको शारदा नदीमा डुबेर मृत्यु भएको छ । शारदा नगरपालिका १४ माल्नेटा च्याउखोलाका बहादुर शाहीको शारदा नदीमा डुबेर मृत्यु भएको हो ।

शाही शारदा नगरपालिका १४ माल्नेटाको ढारखानीका ४० वर्षीय विजय पुनको मलामी गएका थिए । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक सुमित खड्काका अनुसार लास जलाइरहेका बेला नुहाउन गएका शाही डुबेका थिए ।

नदीमा डुबेर बेहोस भएका शाहीलाईउद्धार गरी जिल्ला अस्प ताल सल्यान ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी गराए । शव जिल्ला अस्पताल सल्यानमा पोस्टमार्टमका लागि राखिएको छ ।नुवाकोटको बिदुरमा एक पुरुष मृत अवस्थामा फेला

नुवाकोटको बिदुर नगरपालिकामा एक जना मृत अवस्थामा फेला परेका छन् । उक्त नगरपालि काको ९ नम्बर वडा स्थित खड्काथोक बस्ने २६ वर्षीय कुमार शिवभक्ति आफ्नै घर नजिकै रहेको खानेपानीको

ट्याङ्कीको स्ल्याबमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

Facebook Comments Box