जहाज धकेलेको भिडियो समाचार को अन्त्यमा छ पोखराबाट मुस्ताङका लागि उडेको तारा एअरको नाइन एन एइटी ट्विनअटर विमान आज बिहान औसतभन्दा
कम उचाइमा थासाङ पुगेको थियो ।हल्का वर्षा भइरहेका समयमा घरभन्दा केही माथि जहाज दुई–तीन पटक घुमे को देखेको थासाङ गाउँपालिका–२ बोक्सेखोलाका विकल
बागदासले बताउनुभयो ।‘हामी खाना खाँदै थियौँ, जहाज धेरै पटक घुमेको थियो’, उहाँले भन्नुभयो, ‘हल्का कुहिरो लागेर पानी परिरहेको थियो’ उहाँले यसअघि मुस्ताङ जाने
जहाज यति धेरै तल आएको नदेखेको बताउनुभयो ‘घरमै ठोकिन्छ जस्तो गरेर दुई–तीन पटक घुम्यो, हामी गाउँले सबैले बाहिर निस्केर हेरेका थियौँ’, उहाँले भन्नुभयो, ‘केही
बेरमा अलिमाथि उडेर गयो, पानी परेकाले घुमेको होला भन्ने लागेको थियो ।’त्रिभुवन अन्त र्राष्ट्रिय विमानस्थलका अनुसार ‘इमरजेन्सी लोकेसन ट्रान्समिटर सङ्केत’ फेला
परेको छ । सङ्केतअनुसार जहाज केही वस्तु वा पहाडमा ठोकिएको देखिन्छ ।तर जहाज ठोकिएको आशङ्का गरि एको स्थान मानव बस्ती भन्दा निकै उच्च पहाडमा पर्ने।।
उहाँले बताउनुभयो ।‘त्यो पहाड निकै टाढा र अप्ठ्यारो ठाउँमा हो, अहिले तजान सकिँदैन’उहाँले भन्नुभयोआकाश खुल्यो भने हेलिकप्टरमा जान सकिएला ।’सम्पर्कविहीन
भएको तारा एअरको विमान चालक दलका तीन सदस्य सहित १९ जना यात्रु लिएर बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो मुस्ताङका प्रमुख जिल्ला अधि
कारी नेत्रप्रसाद शर्माका अनुसार म्याग्दी, मुस्ताङ, पर्वत र कास्कीका सम्भावित सबै ठाउँमा खोजी भइरहेको भए पनि जहाज सम्पर्कविहीन नै छ अहिले मुस्ताङका धेरैजसो ठाउँमा बाक्लो बादल लागेर पानी परिरहेको स्थानीयवासी ले बताए ।