ताजा समाचार

बालेन लाई पहिलो गाँसमै ढुङ्गा ।

काठमाडौं । आशा गरिएका काठमाडौं महानगरपालिका को नयाँ मेयर बालेन साहकालाई काठमाडौंको फोहोर व्यवस्थापन टाउको बन्ने देखिएको छ।फोहोर व्यवस्थापन को समस्या हल नभई माला, खादा नलगाउने र अन्तरवार्ता

समेत नदिने भन्दै सुरुकै दिन देखि काठमाडौं महानगरको फोहोर व्यवस्थापन गर्न तर्फ कस्सिएका बालेनका लागि यो कठिन हुने देखिएको हो ।शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निर्देशनपछि बन्चरेडाँडा ल्यान्डफिल साइटमा

फोहोर विसर्जन भएको दुई दिनमै फेरि अवरोध भएको छ । हचुवाको भरमा मन्त्रीले निर्णय गरेको आरोप लगाउँदै स्थानीयले माग पूरा नभएसम्म फोहोर विसर्जन गर्न नदिने अडान राखेका छन् ।बिहानै फोहोर बोकेका सवारीलाई

स्थानीयले बाटोमै रोकेका थिए । आन्दोलनरत स्थानीयले बाटोमा टायर बालेर, ढुंगा काठ र फलामको पाइपले बाटो अवरोध गरी अवरोध गरेका थिए । स्थानीय जनप्रतिनिधि र जनताको सहमति बेगर बन्चरे ल्यान्डफिल साइटमा

फोहोर ल्याएको भन्दै लगातार अवरोध गरिरहेका छन् ।सरकारले हरेक दिन करिब ३ सयको संख्यामा प्रहरी परिचालन गरी फोहोर विसर्जन गरिरहेको छ । ‘सुरक्षाको घेराभित्र कतिदिन फोहोर व्यवस्थापन गर्ने हामीले पनि

हेर्दैछौं,’ स्थानीय श्रीराम ढुंगानाले भने । उनले भने, ‘तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेल र यही फागुन २६ गते मन्त्री परिषद्को निर्णयबाट भएका माग सम्बोधन नभएसम्म फोहोर व्यवस्थापन हुन दिँदैनौं ।’उनका अनुसार

गुठीको नाममा रहेको जग्गा रैकर गर्नुपर्ने करिब ५ हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने, फोहोर व्यवस्थापन गर्न प्रशोधन उद्योग स्थापना गर्नुपर्ने र रोजगारीको ग्यारेन्टी गर्नुपर्ने लगायतका माग पूरा नभएसम्म बन्चरेडाँडा ल्यान्ड

फिल साइटमा फोहोर विसर्जन गर्न नदिने अडान रहेको छ ।स्थानीय ढुंगानालगायतको टोलीले बिहीबार शहरी विकास मन्त्रालयका सचिव रमेश सिहसँग कुराकानी गरी तत्काल जनताको माग पूरा नभएसम्म फोहोर विसर्जन गर्न नदिने अडान राखेका थिए ।

Facebook Comments Box