काठमाडौं, १५ जेठ । तारा एयरको विमान मुस्ताङको थासाड. गाउँपालिकाको नौरिकोटमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । खोजीमा गएको टोलीका एक सदस्यले रिपोर्टर्स नेपालला ई दुर्घटनाग्रस्त विमान भेट्टिएको जानकारी दिए ।
विमान दुर्घटना भएको ठाउँमा हेलिकोप्टर भने लान सकिएको छैन । मौसमको खराबीका कारण सुरक्षाकर्मीहरु पैदलै उक्त क्षेत्रमा पुगेका छन् ।
विमानका यात्रुहरुबारे भने केही जानकारी दिइएको छैन । पोखराबाट जोमसोमका लागि उडेको वेपत्ता तारा एयरको विमान आज विहान वेपत्ता भएको थियो ।
विमानमा चालक दलका ३ सदस्य र १९ यात्रुसहित २२ जना छन् । पोखराबाट जोमसोमका लागि आइतवार बिहान उडेको तारा एयरको ट्विनअट्टर जहाजमा १९ सवार रहेको खुलेको छ।
बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थ लबाट उक्त जहाज मौसम राम्रो नभएकै बेला उडेको थियो।नाइन एन एईटी कलसाइनको उक्त जहाजलाई क्याप्टेन प्रभाकर प्रसाद घिमिरेले उडाएका थिए।
को को थिए यात्रु?
१.वाजभवी बन्देकर २. इन्द्र बहादुर घले ३.पुरुषोत्तम घले ४. राजन कुमार घले ५. वसन्त लामा ६. गणेश नारायण श्रेष्ठ
७. रविना श्रेष्ठ८.रष्मि श्रेष्ठ ९. रोजिना श्रेष्ठ १०. प्रकास सुनुवार
११. मकर बहादुर तमाङ १२. राममाया तमाङ १३.सुकुमाय तामाङ १४.तुलसा देवी तमाङ १५. अशोक कुमार त्रिपाठी १६ धनुष त्रिपाठी १७ रितिका त्रिपाठी१८ युडब्लुई विल्नर
१९. मेइके ग्रिट ग्राफ,
चालक दलको सदस्यमा क्याप्टेन प्रभाकर प्रसाद घिमिरे को–पाइलट उत्सव पोखरेल एयर होस्टेज किस्मी थापा