काठमाण्डौका नव निर्वाचित मेयर बालेन्द्र शाह(बालेन) लाई काठमाण्डौलाई उत्कृष्ट शहर बनाउने उनको योजनामा एकिकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो साथ रहने बताएका छन् नेकपा(एकिकृत
समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सामाजिक सञ्जाल फेसबुकबाट नव निर्वाचि मेयर शाहलाई बधाई दिदै काठमाण्डौलाई बालेनले सार्वजनिक रुपमा प्रतिबद्धता व्यक्त गरेको काठमाण्डौलाई
उत्कृष्ट शहर बनाउने बालेनको योजनामा आफ्नो व्यक्तिगत र आफ्नो पार्टीको तर्फबाट सदैब साथ रहने बताएका हुन् ।साथै, उनले काठमाण्डौ महानगरपालिका का नवनिर्वाचित उपमेयर, वडाध्यक्षहरू तथा सम्पूर्ण
जनप्रतिनिधिहरूलाई पनि सफल कार्यकालको शुभ कामना दिएका छन् । । यो पनि पढ्नुुस काठमाडौं। तारा एयरको विमान मुस्ताङको लार्जुङको खोचमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । थासाङ गाउँपालिकाको लार्जुङ
भन्ने ठाउँमा विमान दुर्घटना भएको जनाइएको छ ।पोखराबाट १९ जना यात्रु र तीनजना चालक दलका सदस्य बोकेर जोमसोमका लागि उडेको जहाज दुर्घटनामा परेको हो । जहाजमा चालक दलका सदस्य प्रभाकर
घिमिरेले बिहान ९ बजेर ५५ मिनेटमा जहाज उडाएका थिए ।उक्त सम्पर्कविहीन जहाजमा चालक दलका सदस्य सहित २२ जना सवार रहेको बताइएको छ ।जसमा क्याप्टेन प्रभावकर घिमिरे, सहचालक उत्सव पोखरेल र
एयर होस्टेन किस्मी थापा रहेको बताइएको छ ।त्यस्तैगरी यात्रुहरु विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार,
मकर बहादुर तामाङ,राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार रहेको बताइएको छ ।