हाईलाइट

“तारा एयरको विमान लार्जुङमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो

काठमाडौं, १५ जेठतारा एयरको विमान मुस्ताङको लार्जुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । नेपाल वायुसेवा” सञ्चालक संघका प्रवक्ता” योगराज कँडेलले

विमान दुर्घटना भएको पुष्टि गरे ।‘मुस्तङको लार्जुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा विमान भेटिएको जान कारी प्राप्त भएको छ,’ उनले भने, ‘मौसम खराबीका

कारण हेलिकोप्टर जान नकसेपछि अहिले प्रहरी र नेपाली सेनाकोको टोली उक्त क्षेत्रमा जाँदै गरेको जानकारी आए को छ ।’नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्पर्क

विहिन रहेको तार एयरको टुविन्अटर ‘नाइन एनएइटी’ जहाजको खोजी कार्यमा मौसम बाधक बनेको जनाएको छ ।प्राधिकरणले एक विज्ञप्ति जारी गर्दैै प्रतिकुल मौसम

का कारण खोजीमा गएको फिस्टेल एयरको हेलिकप्टर पुनः जोमसोम फर्किएको बताएको छ ।तारा एयरको टुविन्अटर ‘नाइन एनएइटी’ जहाज आज विहान पोखरा

बाट जोमसोम जाने क्रममा सम्पर्क विहिन बनेको थियो । जहाजमा चालक दलका तीन सदस्य सहित २२ जना यात्रु रहेका छन् । जहाजमा रहेका यात्रुमा १६ जना नेपाली, ४

जना भारतीय र २ जना जर्मन रहेका छन् ।प्राधिकरणका अनुसार जहाज विहान पोखराबाट ९ः५५ बजे जोमसोमको लागि उडेको थियो । जहाज अन्तिम पटक जोमसोम टावर

सँग १०ः०५ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो ।सो पश्चात विमान सम्पर्क विहिन भएको प्राधिकरण ले जनाएको छ ।काठमाडौं, पोखरा तथा जोमसोम विमान

स्थल मा खोज तथा उद्धार कार्यको लागि थप हेलिकप्टर हरु स्ट्याण्ड बाई रुपमा रहेकोले मौसममा सुधार आउना साथ हवाईमार्गबाट खोज कार्य पुनसुरु गरिनेछ स्थलमार्ग

बाट खोजी कार्य गर्न नेपाली सेना र नेपाल प्रहरी समेत त्यस तर्फ प्रस्थान गरिसकेको व्यहोरा जानकारी गराइन्छ,’ प्राधिकरणले विज्ञप्तिमा भनेको छ ।

Facebook Comments Box