हाईलाइट

बेपत्ता ताराको जहाज मुस्ताङमा दुर्घटनामा परेको संकेत

पोखरादेखि जोमसोमका लागि आइतवार बिहान उडेको तारा एयरको ट्विनअट्टर जहाज दुर्घटनामा परेको संकेत देखिएको छ।

क्याप्टेन प्रभाकर प्रसाद घिमिरेको नेतृत्वमा जोमसोमका लागि उडेको उक्त जहाज मुस्ताङको लेतेमाथिको पहाडमा दुर्घटनामा परेको संकेत मिलेको हो।

त्रिभुवन विमानस्थल श्रोतका अनुसार इमरजेन्सी लोकेशन ट्रान्समिटर (ईएलटी) संकेत प्राप्त भएको छ। जसले जहाज कुनै वस्तु या स्थानमा ठोक्किएको संकेत दिन्छ।

बेपत्ता ताराको जहाजमा १३ नेपाली, ४ भारतीय र थप दुई अन्य मुलुकका यात्रु थिए।

पोखराबाट आइतवार बिहान मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाजमा चालक दलका सदस्यसहित १९ यात्रु रहेको खुलेको छ।बिहान ९ बजेर ५५ मिनेटमा

उठेको नाइन एन एईटी कलसाइनको उक्त जहाजमा १३ नेपाली, चारजना भारतीय र थप दुईजना अन्य मुलुकका यात्रु रहेको नेपाल नागरिक यति एयरलाइन्सले जानकारी दिएको छ।

उक्त जहाज क्याप्टेन प्रभाकर प्रसाद घिमिरेको नेतृत्वमा जोमसोम गएको थियो। जहाजमा चालक दलका अन्य सदस्यमा उत्सव पोखरेल र एयर होस्टेस्ट कृष्मि थापा थिइन्।

Facebook Comments Box