हाईलाइट

मुल्य बृद्धी नरोके भान्सा बाट डाडु पन्यौ लिएर आन्दोलन हुन्छ । – प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर घटाएर भए पनि मूल्य वृद्धि रोक्नु पर्ने बताएका छन् ।प्रतिनिधसभा बैठकमा शनिबार बोल्दै अध्यक्ष प्रचण्डले मूल्य वृद्धि नरोकिए भान्साबाटै विद्रोह

सुरु हुनसक्ने भन्दै कर घटाएर भए पनि रोक्नु पर्ने बताएका हुन् ।‘महँगीको मारले नेपाली जनताको ढाड सेकिएकै छ । भान्साबाट विद्रोह सुरु हुन्छ कि भन्ने परिस्थिति बनेकै छ’ प्रचण्डले भने, ‘पेट्रोलियम पदार्थमा

छिमेकी देशहरूले कर छुट दिएर मूल्य समायोजन गर्ने प्रयास गरेका छन् ।हाम्रोमा पनि त्यसैगरी जनतालाई राहत दिने कुरामा सरकारको ध्यान जाओस् । प्रधानमन्त्रीलाई भनेको छु कर घटाएर भए पनि मूल्य वृद्धि रोक्नुपर्‍यो ।

अन्यथा जनतामा आक्रोश बढ्न सक्छ ।’अन्तर्राष्ट्रिय राजनीति, कोरोनालगायतका कारण नेपाल पनि असर परेको भन्दै उनले सबैले  यसको  सामना  सबै  मिलेर   गर्नु पर्ने बताए । यो समाचार पनी पढ्नु होस ।

काठमाडौं । अमेरिकाको मिनियसोटास्थित अदालतले नेपाली विद्यार्थी अनुज थापालाई खुट्टाको शल्यक्रियामा लापरबाही गरेको भन्दै एक अस्पताललाई ११ करोढ १० लाख (१३ अर्ब ७६ करोड नेपाली रुपैयाँ) क्षतिपूर्ति

भराउने फैसला गरेको छ । क्षतिपूर्ति तिर्न त्यहाँको सेन्ट क्लाउड अर्थोपेडिक अस्पतालका नाममा आदेश दिएको हो ।सन् २०१९ मा थापाले सेन्ट क्लाउड अर्थोपेडिक अस्पतालमा शल्यक्रिया गर्दा चिकित्सकीय लापरबाहीका

कारण आफू शारीरिक रूपले अपांगता भएको दाबी गर्दै मिनियसोटा अदालतमा मुद्दा हालेका थिए । उनले शल्यक्रियामा भएको लापरबाहीबापत क्षतिपूर्ति माग गरेका थिए । थापाले दिएको निवेदनमा सुनुवाइ गर्दै

मिनियसोटा अदालतले क्षतिपूर्ति भराउने फैसला गरेको हो ।मिनियसोटा अदालतले गत साता गरेको सो फैसला राज्यको अहिलेसम्मकै ठूलो व्यक्तिगत क्षतिपूर्ति हुन सक्ने अमेरिकी समाचार संस्था एसोसिएट प्रेस (एपी)ले

जनाएको छ । एपीका अनुसार २५ वर्षीय नेपाली विद्यार्थी थापाले सन् २०१९ मा अस्पतालविरुद्ध क्षतिपूर्ति दाबी गर्दै मुद्दा हालेका थिए । थापाले सन् २०१७ जनवरीमा कलेजभित्र फुटबल खेल्दा उनको देब्रे खुट्टा भाँचिएको थियो ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Facebook Comments Box