सामाचार

बालेनलाई भेट्न तेह्रथुमबाट ऋण खोजेर काठमाडौं

काठमाडौं । र्यापरबाट राजनीतिमा फड्को मारेका काठमाडौं महानगरका नवनिर्वाचित प्रमुख बालेन्द्र शाहले र्यापमार्फत जनताको मायाप्रति कृतज्ञता अर्पण गर्नुभयो ।

काठमाडौंलाई विश्वकै सुन्दर शहर बनाउने अभियानमा सघाउन उहाँले मतदातालाई आग्रह गर्नुभयो । नगरबासी प्रति आभार प्रकट गर्न गरिएको र्‍यालीमा स्वतस्फूर्त बाल

बालिका, युवा, बृद्धबृद्धा सबै पुस्ताको भीड चाखलाग्दो थियो ।घर–घरका झ्यालबाट उहाँलाई मतदाताले अपार माया प्रकट गरेका थिए । आफ्नै खर्चमा बालेन भेट्न

तेर्हथुमबाट आएका ज्येष्ठ नागरिकलाई काठमाडौंमा उहाँको जितले एकदमै खुसी लागेको बताउँछन् ।‘बालेन स्वतन्त्रमा उठ्नुभाकाे थाहा पाएर तेह्रथुमबाट दुःख/सुःख

तीन हजार रुपैयाँ खर्च खोजेर तेह्रथुमबाट आएको हुँ,’ उनले भने, ‘असाध्यै चर्चा भएको सुनेपछि म जतिसुकै बुढो भएपनि आउन मन लाग्यो, नजिकबाट भेट्न नपाए

पनि असाध्यै खुसी लाग्यो ।’उहाँले महंगीले गरिखानै नस किने अवस्था भएको भन्दै आफूहरूजस्तो गरिब सबैभन्दा बढी मारमा परेको बताउनुभयो ।बालेनकै खातिर पोखरा

बाट काठमाडौं आएका अर्का युवा उहाँको नेतृत्वसँगै आफूले अर्को पल्ट मुलुकको राजधानी टेक्दा फोहोरको डुंगुर देख्न नपर्ने विश्वास व्यक्त गर्छन् । कतिलाई चाहीँ

उहाँको राष्ट्रिय झण्डालाई गरेको प्रेम मन परेको रहेछ ।स्कुल कलेजको पढाइ छोडेर बालेनको विजय जुलुसमा थुप्रै किशोरकिशोरी सहभागी थिए । आफ्नो एजेण्डालाई

युवा नेतृत्वले बुझ्ने विश्वास लिएका उनीहरू देशव्यापी यस्तै नेतृत्व जिताउन सके परिवर्तन आउने विश्वास व्यक्त गर्छन् जनताको आशा र भरोसा नयाँपुस्तामाथिको विश्वास

हो । यदि जनप्रतिनिधि इमानदार भएनन् भने त्यो विश्वास घृणामा परिवर्तन हुन कति समय पनि लाग्दैन दशकौंदेखि झाँगिएको दलीय सिण्डिकेट तोडेर आएको स्वतन्त्र व्यक्ति

को रोजाई अवसरसँगै चुनौतीको पहाड हो । बालेनहरूले यो सत्य बुझ्न आवश्यक छ ।

Facebook Comments Box