एक्सक्लुसिभ भिडियो हाईलाइट

रोष्ट्रमबाट ओलीले कडा व्यङ्ग कसेपछि देउवालाई भयो ऐठन, बसेकै ठाउँबाट यस्तो भने (भिडियोसहित)

काठमाडौं । स्थानिय चुनावको प्रचारप्रसारका बेला प्रधान मन्त्री शेर बहादुर देउवा पत्नी आरजु राणाले कांग्रेस हारे का ठाउँमा बजेट नपठाउने भन्दै विवादास्पदा अभिव्यक्ती

दिएकी थिइन् । आरजुको त्यो अभिव्यक्तीले प्रधानमन्त्री देउवाले समेत अप्ठ्यारो र खेप खानु परिरहेको छ ।यसै बीच, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधान

मन्त्री शेरबहादुर देउवाकै वडामा बजेट नजाने अवस्था आएको भन्दै कटाक्ष गरेका छन् । प्रधानमन्त्रीपत्नी आरजु देउवाले कांग्रेसले नजितेको ठाउँमा बजेट नपठाउने भनी

गरेको भाषणको प्रसंग उल्लेख गर्दै ओलीले देउवाकै वडामा बजेट नजाने अवस्था आएको बताए । उनको यो व्यङ्गमा देउवाले बसिरहेकै ठाउँबाट जवाफ दिएको जस्तो

देखिएको छ ।’कतिपय ठाउँमा रुखमा भोट नहाल्नेलाई बजेट पठाइँदैन …. (भनेको सुनियो) । संयोगकै कुरा हो, डडेल्धुरामा मेडिकल कलेज जाने भएछ । कुन पालिकामा

कांग्रेसले जित्या छ त्यसमा जाने होला,ओलीले भने ’अमर गढी जित्या छ कि छैन ? अमरगढी कांग्रेसले जित्या भए त ठीकै छ, नत्र कुन–कुनामा लगेर राख्नुपर्ने हो ? र मेडिकल

कलेज ।’ओलीले थपे, ’सम्माननीय प्रधानमन्त्रीज्यूको आफ्नै वडामा चाहिँ के पनि जाने भएन, किनभने त्यहाँ रुखले जितेन कि क्या हो ? लोकतन्त्रको हरिबिजोग यो

भन्दा अरू के हुन्छ ?’ ओलीले अमरगढी जित्या छ कि छैन ? भनेर प्रश्न गर्दा देउवाले संसद्बाटै जितेको छ भन्ने जवाफ फर्काएका थिए ।

Facebook Comments Box