काठमाडौं। स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा पराजित एमाले नेता केशव स्थापितले आफ्नो हारलाई सामान्यरूपमा लिएको बताएका छन्। अन्तिम मत परिणामका तेस्रो स्थान हात पारेपछि उनले सामाजिक सञ्जालमा विज्ञप्ति सार्वजनिक गर्दै यस्तो बताएका हुन्।
आफू पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति रहेको उल्लेख गर्दै लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरुपमा लिएको बताएका छन्।उनले भनेका छन्, ‘‘निर्वाचनमा पराजय भोग्दै गर्दा ‘काठमाडौँ महानगरपालिका’मा मेयर पदमा निर्वाचित बालेन साहलाई
म शुभकामना भन्न चाहन्छु। काठमाडौँ महानगरवासीले तपाईँमाथि भरोसा गर्दै मतपेटिकामा खसालेका हरेक पत्रपत्रको तपाईँले सम्मान गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएका छु।’’यस्तो छ केशव स्थापितको विज्ञप्ति मुलुकको संघीय राजधानीमा अवस्थित ‘काठमाडौँ
महानगरपालिका’ मा नेकपा (एमाले)को तर्फबाट म मेयर पदको उम्मेदवार बनेको तपाईँहरू सबैलाई विदितै छ । सबैभन्दा पहिला मलाई विश्वास गरेर मेयर पदको उम्मेदवारका लागि अवसर दिने पार्टी नेकपा (एमाले) प्रति आभार व्यक्त गर्न चाहन्छु।म पटक–पटक लडेर पनि फेरि
धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ। त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरुपमा लिएको छु । काठमाडौँ म र मेरो पुस्तौँ–पुस्ता जन्मिएको माटो हो। त्यसैले मलाई यहाँको माटो, यहाँको सम्पदा, यहाँको संस्कृति, यहाँको विकास, यहाँको समृद्धिप्रति
अगाध स्नेह छ, अगाध प्रेम छ।जनताको सेवक भएर काम गर्ने मेरो आकाङ्क्षाले यो पटकको निर्वाचन परिणामसँगै सफलता प्राप्त गर्न सकेन । यद्यपि, यहाँको विकास र यहाँको समृद्धिप्रतिको मेरोआकाङ्क्षा अलिकति पनि धरमराएको छैन।निर्वाचनमा पराजय भोग्दै गर्दा
‘काठमाडौँ महानगरपालिका’मा मेयर पदमा निर्वाचित बालेन साहलाई म शुभकामना भन्न चाहन्छु। काठमाडौँ महानगरवासीले तपाईँमाथि भरोसा गर्दै मतपेटिकामा खसालेका हरेक पत्रपत्रको तपाईँले सम्मान गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएका छु।पाँच वर्षे कार्यकालमा तपाईँको
विपक्षमा मतदान गर्ने मतदाताको पनि मन जित्ने काम गर्नुहुने छ भन्ने अपेक्षा पनि लिएको छु। काठमाडौँको विकास र समृद्धिसँगै तपाईँले चालेका हरेक सकारात्मक काममा रचनात्मक सहयोग अवश्य रहने छ। यद्यपि, तपाईँले गरेका हरेक कमजोरीमा भने म निरन्तर खबरदारी
अवश्य गरिरहने छु।लोकप्रिय मतसहित उपमेयर पदमा विजयी हुनुहुने सुनिता डङ्गोललाई पनि म शुभकामना व्यक्त गर्न चाहन्छु। तपाईँ आशा बोकेको युवा हो, तपाईँले आफ्नो कार्यकालमा सबै महानगरवासीको सेवक भएर काम गर्नुहुने छ भन्ने विश्वाससहित शुभकामना व्यक्त गर्न
चाहन्छु।एमालेको तर्फबाट उम्मेदवार बनेर विजयी प्राप्त गर्नुभएका अध्यक्ष र विभिन्न वडाबाट विजयी हुनु भएका सदस्यहरू सबैलाई शुभकामना व्यक्त गर्दै सबैको साझा जनप्रतिनिधि भएर आफ्नो कार्यकालमा सेवा प्रवाह गर्न पनि आग्रह गर्दछु। त्यसै गरी अन्य दलबाट निर्वाचित
जनप्रतिनिधिलाई पनि शासक होइन सेवक भएर काम गर्न आग्रह गर्दछु।अन्त्यमा, मलाई विश्वास गरेर मतदान गर्नुहुने मतदाता, महानरबासी, मेरो उम्मेदवारी दर्तासँगै मेरो चुनावी अभियानमा खटिनु भएका पार्टीको विभिन्न तह–तप्कामा रहनु भएका कमरेडहरू, शुभेच्छुक, स्वयंसेवक,
सञ्चारकर्मी मित्रहरू, सुरक्षाकर्मी सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि तपाईँहरूकैसाथमा रहने प्रण व्यक्त गर्दछु।धन्यवाद केशव स्थापित।