जिबनशैलि ताजा समाचार

गायक राजेश पायलले बिहे गर्दै हुने वाला दुलही को हुन…

काठमाडौं । हरेक अन्तर्वार्ता र भेटमा गायक राजेशपायल राईलाई बिहेको प्रश्नले पछ्याइर हन्छ । उनी प्रश्नबाट भाग्न खोज्छन् वा समय आएपछि बिहे हुने रेडिमेड जवाफ त दिन्छन् ।

तर पछ्याउनु प्रश्नको विशेषता नै हो । यतिबेला भने राजेश पायल राईको रिलेसनसिपलाई लिएर मनोरञ्जन वृत्तमा चर्चा छ । उनी केही महिनाय ता एक युवतीसँग ‘गम्भीर सम्बन्ध’मा छन् ।

सङबुङ राई नामकी ती युवती र राजेशपायल बीच डेटिङ चलि रहेको तथा चाँडै विवाहको औपचारिक घोषणा हुने तयारीमा रहेको निकट स्रोतले जनाएको छ । ‘उनीहरु जतिसक्दो चाँडो बिहे टुंगो लगाउने तयारीमा छन्,’ स्रोतले भन्यो, ‘बिहेको प्रावि धिक तयारी भइरहेको छ ।’

प्राप्त तस्वीरमा उनीहरु जन्मदिन मनाउनेदेखि विशेष समारोहमा एकसाथ देखिंदै आएको देखिन्छ । ४७ वर्षीय राजेशपायल र उनकी प्रेमिका एक वर्षदेखि लिभिङ टुगेदरमा रहेको पनि चर्चा छ ।

सन् १९९५ मा पहिलोपटक रीमा रेकर्डिङको एल्बम ‘मुर्छना’बाट सांगीतिक करिअर थालेका राजेशपायलका थुप्रै गीत चर्चित छन् । पाश्र्व गायनमा समेत रुचाइएका उनले सयभन्दा बढी फिल्म मा गीत गाएका छन् ।

Facebook Comments Box