हाईलाइट

ब्रेकिङ भरतपुर महानगरपालिकाकी मेयर दाहाल सवार गाडी दुर्घटना

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ । उनी सवार किया कम्पनीको गाडी शुक्रबार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै दुर्घटना भएको ललितपुर प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीका अनुसार उनी सवार गाडी गुडिरहेको बेला अचानक टायर पन्चर भएपछि पोलमा ठोक्किन पुगेको थियो । गाडी पोलमा ठोक्किँदा उनको दाहालको टाउकोमा चोट लागेको प्रहरी स्रोतका भनाइ छ ।

टाउकोमा चोट लागेपछि उनलाई सुमेरु अस्पतालमा लगिएको थियो भने टाउकोमा टाँका लगाइएको प्रहरीको भनाइ छ ।

उनको अवस्थामा भने खतरामुक्त रहेको प्रहरी स्रोतका भनाइ छ । भरतपुर महानगरपालि काको मेयर पदमा विजयी भएसँगै उनी काठ माडौं आएर खुमलटारमा बस्दै आएकी थिइन् ।

यो पनि,, बिस्वकै होचो ब्यक्ती नेपालमा को हुन यिनी…सिन्धु ली, जेठ १२ ।सिन्धुलीका एक किशोरले विश्वमै होचा व्यक्तिमा किर्तिमानी बनाएका छन्। यहाँको गोलञ्जोर गाँउपालिका ४ तीनकन्याका १८ बर्षिय डोरबहादुर खपाङगीले विश्वमै होचा व्यक्तिको रुपमा किर्तिमानी बनाएका हुन्।

१८ बर्षिय डोरबहादुरको उचाई ७३ दशमलब ४३ सेन्टिमिटर अर्थात् २ फिट ४ दशमलब ९ इन्च छ। डोरबहादुरले जिउदा होचा पुरुषमध्येकै संसारकै होचा व्यक्तिमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन्।

विश्वकै होचा किशोर टिनएजर को रुपमा गिनीज बुक अफ वल्र्ड रेकर्डस उनले आफ्नो नाम लेखाउन सफल भएका हुन्।

संसारमै होचा बाच्ने पुरुषमा डोरबहादुर परेपछि गिनीजबुक अफ वल्र्ड रेकर्डसमा नाम लेखाउदै उनलाई काठमाण्डौमा एक कार्यक्रमका बिच प्रमाण पत्र दिइएको थियो। नागरिक दैनिकबाट

यो पनि,,आफू हारे पनि बालेनले जित्दा खुसी छु: सुमन सायमि (भिडियो)काठमाडौँका स्वतन्त्र मेयर उम्मेदवार सुमन सायमिले महानगरपालिकाको प्रमुखमा आफ्नै प्रतिस्पर्धी बालेन शाहले जित्न लागेको भन्दै खुसी व्यक्त गरेका छन्।

आँखी झ्याल चुनाव चिह्न लिएर काठमाडौँको मेयर पदमा स्वतन्त्र उठेका सायमि आफूले हारेकोमा दुःख लाग्नुभन्दा पनि आफूजस्तै स्वतन्त्र उम्मेदवार शाहले जित्न लागेकोमा खुसी लागेको देश सञ्चारसँग प्रतिक्रिया दिएका छन्।

काठमाडौँ महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारीअनुसार बालेनले ५६ हजार हाराहारी भोट ल्याउँदा सायमिले १२ हजारभन्दा बढी पाएका छन्।

मेयर बन्न नपाए पनि अन्याय र भ्रष्टाचारविरुद्ध लडिरहने तथा उपत्यकाको सम्पदा संरक्षणमा निरन्तर लागिरहने उनले प्रतिबद्धता जनाए।

राजनीतिमा दलीय प्रतिनिधि, नीति र प्रवृत्ति देखेर वाक्क भएका उनी बालेनले भने आफ्ना एजेन्डामा केन्द्रित भएर काम गरिदिनेमा विश्वस्त छन्। जनमतले मागेको अवस्थामा दल दर्ता गर्ने सोचमा रहेका सायमिले आगामी संसदीय चुनावमा पनि लड्ने तयारी गरेका छन्।

उपत्यकाको विकास, सम्पदा संरक्षण, संविधा नले सुनिश्चित गरेको हक अधिकार कार्यान्वयन लगायत विकास र परिवर्तन को मुद्दालाई केन्द्रमा राखेर हिँडेका सायमिसँग ईश्वरी बरालले गरेको कुराकानीको सम्पादित अंशः–

Facebook Comments Box