ताजा समाचार

उदयपुरमा जग्गाको विषय लिएर नातीले गरे हजुर आमाको ह’त्या ।

उदयपुर ।उदयपुरको कटारीमा नातिले हजुर आमाको ह’त्या गरेको भन्दै प्रहरीले एक जनालाई प’क्रा’उ गरेको छ । कटारी नगरपालिका-७ रिस्कुस्थित नातिले हजुरआमाको घाँटी रे ‘टी ह’त्या गरेको अभियोगमा प्रहरीले एक जनालाई

पक्राउ गरेको हो । हजुरआमाको नाममा रहेको जग्गा आफ्नो नाममा गर्दिन हजुरआमालाई दबाब दिएको र हजुरआमाले नमानेपछि बिहीबार बिहान खु’कुरी प्र’हार गरी ह’त्या गरेर भागेको अनुसन्धानबाट खुलेको जिल्ला

प्रहरीकार्यालय उदयपुरका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले जानकारी दिए ।घर जग्गाको विषयमा वि’वाद भएपछि स्थानीय २६ वर्षीय रोहित दनुवारले आफ्नी ६० वर्षीया हजुरआमा मनमाया दनुवारलाई खुकु’रीले घाँ ‘टी

रे ’टी ह’त्या गरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । नाति रोहितलाई प्रहरीले पक्रिएर इलाका प्रहरी कार्यालय कटारीमा राखिएको छ । इलाका प्रहरी कार्यालय कटारी बाट खटिएको प्रहरीको टोलीले रोहित लाई जंगलमा लुकेर बसेको अवस्थामा फेला पारी ल्याएका हुन् ।

Facebook Comments Box