एक्सक्लुसिभ भिडियो सामाचार

केशव स्थापित हार्नुको मुख्य कारण यहि दम्भ हो( भि‘डियो सहित)

काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले यौ न दु र्व्य व हा बारे प्रश्न गर्दा जंगिएका छन्। धुम्बाराहीस्थित नेशनल कलेजले काठमाडौंका उम्मेदवार

हरुसँग आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमा स्थापित सहभागीको प्रश्नमा जंगिएका हुन्।कार्यक्रममा सहभागी भावना राउतले ‘मी’टु’बारे प्रश्न गर्दा स्थापितले ‘।।युआर

नाइस लेडी, तपाइँको थुतुनो ठीक छैन’ भन्दै जवाफ फर्काएका थिए। भावनाले भनेकी थिइन्, ‘हामी सबैको भोट तपाईँलाई चाहिन्छ र तपाईँले जित्छु भन्ने आशा।।

राख्नुहुन्छ भने ‘मी’टु’बारे जवाफ दिनुपर्छ।होइन अहिले यो कुरामा नबोलौ,” नभनौं भनेर भएन। किनभने महिला नै तपाईँको अफिसमा सुरक्षित छैनन् भने वृत्ति विकासका

कुरा नगरिदिनुहोला यो तपाईँलाई सुहाउन पनि सुहाउँदैन।’ स्थापितले जवाफ दिँदै भने, जसलाई आरोप लगायो, त्यस लाई हामीले महारानी भन्थ्यौं।हामीले प्रमाण मागेका थियौं

२५ वर्षसम्म द’बाउने हो। महिलाले जथाभाबी गर्न हुने। महिला आयोग छैन म चुप्प लागेर बस्ने?म जतिको मान्छे लाई आरोप लगाउने? तपाइँहरुले जवाफ दिनुपर्‍यो। ह्वाट

इज द प्रुफ? यूआर नाइस लेडी तपाँको थुतुनो ठीक छैन। छलफलमा भाग लिने यसरी हुन्छ।’प्रश्नकर्ताले स्थापितलाई बोल्ने शैली ठीक नभएको जवाफ फर्काएकी थिइन्। तपाइँ

ले के बोल्नुभएको यस्तो? तपाइँले के शब्द प्रयोग गर्नु भएको? तपाइँ पब्लिक फोरममा हुनुहुन्छ। तपाइँको जवाफ दिने दायित्व हो।’उनले प्रमाणसहित प्रश्न गर्न

आग्रह गर्दै पत्रिकाको भरमा आरोप नलाउन आग्रह गरे।‘के आधारमा प्रश्न गर्नुभयो बहिनीले? पेपरको भरमा आरोप लगाउने? यो बहिनीले बे,’श्या’वृ’त्ति गर्छ भनेर म पनि।।

छपाउँ? दीस इज भेरी ब्याड।’ केशव स्थापित जंगिन थाले पछि कार्यक्रम सञ्चालक ले रोक्ने प्रयास गरेका थिए।। समिक्षा बाँस्कोटा स्वयंले पनि स्थापितलाई आश्वास्त पार्न

खोजेकी थिइन्।स्थापितको जवाफपछि दिक्क भएका राउतले सामाजिक सञ्जालमार्फत् भनेकी छन्, ‘एमालेका महिला सांसद अधिकारकर्मीहरु, विन्ती अब महिला हक

हितका लागि भन्दै सडक नआउनुहोला किनकि तपाईँको पार्टीभित्रको मौनताले दु’र्घटना निम्त्याएको छ।’ अर्को थप समचार काठमाडौं ।नेकपा एमालेबाट काठ माडौं महानगरमा मेयर पदका प्रत्यासी केशव स्थापितको हार निश्चित भैसकेको छ  अनि यो बीचमा स्थापित विरुद्ध यौन दु”र्व्यवहारको

आरोप लगाउँदै आउनु भएकी रश्मिला प्रजापतिले प्रति कृया जनाउनु भएको छ ।स्थापितको पराजयलाई लिएर उहाँ खुशी हुनुहुन्छ । सामाजिक सञ्जालमा स्थापितको

नाम उल्लेख नगरे पनि यौन दुराचारीलाई मतदानमार्फत बाहिर गरेको बताउनु भएको छ ।त्यसका लागि उहाँले काठमाडौं महानगरका मतदातालाई धन्यवाद दिनुभयो ।

नेकपा एमालेले स्थापितलाई काठमाडौंमा मेयरको उम्मे दवार बनाउने निर्णय गरेलगत्तै प्र”जापतिले आफूलाई स्थापितले यौ‘न दुर्व्यवहार गरेको आरोप लगाउँदै आउनु

भएको थियो त्यसपछि स्थापितले पटक पटक स्पष्टीकरण दिनुपरेको थियो । तर उहाँले दुर्व्यवहार नगरेको भन्ने कुरा स्पष्ट पार्नुभएन् ।उहाँले २५ वर्ष अगाडिको कुरा अहिले

चुनावका बेला योजनावद्ध तरिकाले उचालिएको बताउँदै आउनु भएको छ उहाँमाथि भने २५ वर्ष अघि काठमाडौंकै मेयर हुँदा उहाँ महानगरकै कर्मचारी (रश्मिला) लाई यौ‘न

दुर्व्यवहार गरेको आ‘रोप लाग्दै आएको छ । यस्तो छ प्रजा पतिको फेसबुक स्टाटस काठमाडौं महानगरपालिकाका मतदाताहरुमा यौन दुराचारीलाई भोट आउट गरेकोमा

धन्यवाद ! काठमाडौं निकै सचेत छ, आफूमाथि कसैको अनावश्यक हस्तक्षेप सहँदैन ।काठमाडौंका मतदाता धेरै विवेकी छन्, कुनै प्रकारको दुर्व्यवहारमा साथ दिंदैन भन्ने

दरिलो प्रमाण भएको छ यौन दुराचारीको हार । २५ वर्ष पछि काठमाडौं महानगरपालिका परिवर्तन उन्मुख छ ।मेयर पदमा अत्यधिक मतले विजयी हुनुभएका बालेन

साहलाई हार्दिक बधाई। काठमाडौंका जनताको लागि, यहाँको सम्पदा संरक्षणको लागि, यहाँको सभ्यता जोगाउन को लागि कार्य गर्न सफल हुनुहोस्, सफल कार्यकालको

शुभकामना !!! साथै नवनिर्वाचित सम्पूर्ण जनप्रतिनिधि हरुलाई पनि बधाई तथा सफल कार्यकालको शुभकामना!

Facebook Comments Box