ताजा समाचार

बालेन र सुनिताको जित निश्चित ! मत गणना भने अझै बाकी।

काठमाडौं । निकै चासोका साथ हेरिएको काठमाडौं महानगरपालिकाको मत गणना अन्तिम चरणमा पुगेको छ । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र

साह (वालेन)को जीत सुनिश्चित भइसकेको अवस्थामा अब अन्तिम ३ वटा मात्रै मत पेटिकाको मत गणना गर्न बाँकी रहेको छ ।हालसम्म स्वतन्त्र उम्मेदवार वालेन्द्र साह

आफ्नो निकटमत प्रतिद्वन्द्धी नेपाली कांग्रेसकी सिर्जना सिंह भन्दा २१ हजार ६०७ मतान्तरका साथ अगाडि रहेका छन् । ५९ हजार १४९ मतका वालेन अग्र स्थानमा रहेका

छन्, भने उनका प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहले ३७ हजार ५४२ मत प्राप्त गरेकी छन् ।त्यस्तै नेकपा (एमाले) का केशव स्थापित तेस्रो स्थानमा रहेका छन् । उनले ३७

हजार २१८ मत प्राप्त गरेका छन्, भने अर्का स्वतन्त्र उम्मे दवार सुमन सायमीले १० हजार ३२२ मत, राप्रपाका मदनदास श्रेष्ठले २ हजार ९९६ मत र विवेकशील साझा

पार्टीकी समीक्षा बाँस्कोटाले ३४४ मत प्राप्त गरेकी छन् ।त्यस्तै काठमाडौं महानगरको उपमेयरमा नेकपा (एमाले) की सुनिता डगोलको पनि जीत सुनिश्चित भइसकेको छ ।

हालसम्म उनी प्रतिस्पर्धी नेकपा (एस)का रामेश्वर श्रेष्ठ भन्दा ३५ हजार ८७७ मतान्तरले अगाडि छन् । सुनिताले ५३ हजार ६४२ मत प्राप्त गरिसकेकी छन्, भने रामेश्वरले १७ हजार ७६५ मत प्राप्त गरेका छन् ।

Facebook Comments Box