काठमाडौँका स्वतन्त्र मेयर उम्मेदवार सुमन सायमिले महानग रपालिकाको प्रमुखमा आफ्नै प्रतिस्पर्धी बालेन शाहले जित्न लागेको भन्दै खुसी व्यक्त गरेका छन्।
आँखी झ्याल चुनाव चिह्न लिएर काठमाडौँको मेयर पदमा स्वत न्त्र उठेका सायमि आफूले हारेकोमा दुःख लाग्नुभन्दा पनि आफूजस्तै स्वतन्त्र उम्मेदवार शाहले जित्न लागेकोमा खुसी लागेको देश सञ्चारसँग प्रतिक्रिया दिएका छन्।
काठमाडौँ महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारीअनुसार बालेनले ५६ हजार हाराहारी भोट ल्याउँदा सायमिले १२ हजारभन्दा बढी पाएका छन्।
मेयर बन्न नपाए पनि अन्याय र भ्रष्टाचारविरुद्ध लडिरहने तथा उपत्यकाको सम्पदा संरक्षणमा निरन्तर लागिरहने उनले प्रतिबद्धता जनाए।
राजनीतिमा दलीय प्रतिनिधि, नीति र प्रवृत्ति देखेर वाक्क भएका उनी बालेनले भने आफ्ना एजेन्डामा केन्द्रित भएर काम गरिदिनेमा विश्वस्त छन्।
जनमतले मागेको अवस्थामा दल दर्ता गर्ने सोचमा रहेका सायमिले आगामी संसदीय चुनावमा पनि लड्ने तयारी गरेका छन्।
उपत्यकाको विकास, सम्पदा संरक्षण, संविधा नले सुनिश्चित गरेको हक अधिकार कार्यान्वयन लगायत विकास र परिवर्तन को मुद्दालाई केन्द्रमा राखेर हिँडेका सायमिसँग ईश्वरी बरालले गरेको कुराकानीको सम्पादित अंशः–