हिजो दिँउसो तनहुँमा सडक दुर्घटना भयो । सामान्यतयाः दुर्घ टना भन्ने बितिक्कै डरलाग्दो हुन्छ नै । तर, हिजो दमौली नजि कै भएको दुर्घटना निकै भयावह थियो । ज्युँदो मान्छे र स्कुटर लाई बसले लतार्दै १५ मिटरसम्म पुर्याएको दृश्य हेरिसाध्य नभ एको स्थानीय बताउँछन् ।
मान्छेलाई समेत घिसारेको बसलाई नजिकैका ट्याक्टर चालकले कराएर रोकेपछि मात्र बस चालकले ब्रेक लगाएका थिए । घटनामा उपचारको निम्ति अस्पताल जाँदै गरेकी ४० वर्षीया महिलाको ज्यान मात्र गएन । शरीर क्षतविक्षत अवस्था मा बसको मुन्तिरको भागबाट निकालिएको थियो ।
स्कुटर पनि त्यसैगरी अड्किएको थियो । स्कुटर चालक मृतकका छोरा २० वर्षे युवकको अवस्था चिन्ताजनक छ । उनको अहिले पोखरामा उपचार भइरहेको छ ।
पोखराबाट दमौलीतर्फ जाँदै गरेको ना.४ ख नम्बरको यात्रुवाहक बसले दमौलीतिरै जाँदै गरेको ग.२० प नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार महिलाको ज्यान गएको हो ।
स्कुटर चालकको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख गोकर्ण नेपालले जानकारी गराएका छन् ।
भीमाद नगरपालिका–२ का ४० वर्षीया आमा पवित्रा थापालाई उपचारको क्रममा दमौली लैजाँदै गरेका २० वर्षीय छोरा शिशिर थापाले व्यास नगरपालिका–२ तल्लो गुणादी नजिकै
सडकको खाल्टोमा स्पीड कम गरेका थिए । त्यहि बेला निकै बेगले आएको बसले ठक्कर दिँदा ४० वर्षीय पवित्राको ठाउँको ठाउँ ज्यान गएको हो ।
निकै लापरवाहीपूर्वक चलाइएको उक्त बस रिजर्भका यात्रु बोकेर आएको थियो । बस र चालकलाई अहिले प्रहरी नियन्त्रणमा राखिएको छ । जनाआस्थाबाट