काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहको मेयरमा जित सुनिश्चित भएपछि धन्यवाद दिएका छन्।उनले बुधबार फेसबुकमा लेख्दै आफ्ना मतदाता,
समर्थक र निर्वाचनमा सामेल भएका सबैलाई धन्यवाद दिएका हुन्।मतदाताहरूले आफूलाई काठमाडौं महानगर को जिम्मेवारी बोक्न योग्य भएको भन्दै विश्वास गरेको
बताए।उनले विश्वासमा कसैको जित वा हार नहुने बताए का छन्। यस्तै आफूहरूले विजय जुलुस निकालेर अरू लाई पराजित भन्ने संकेत नगर्न पनि अनुरोध गरेका छन्।
‘ठाउँ-ठाउँबाट र्यालीका लागि काठमाडौं आउने कुराहरू एकदमै धेरै सुनिरहेका छौं। हाम्रो “अनुरोध के हुन्छ भने तपाईंहरू कोही पनि र्यालीका लागि काठमाडौं आउने
दु:ख गर्नु पर्दैन। यो अभियान सबैको हो। यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौं,’ उनले भनेका छन्त्यसको सट्टामा आफूहरू भएकै
ठाउँमा धन्यवाद र्याली गर्न अनुरोध गरेका छन् अभियान को अहिलेसम्मको सफलताका लागि खुसीयाली प्रकट गर्ने नै हो भने पनि तपाईं रहेकै क्षेत्रमा ‘धन्यवाद र्याली’ गर्नु
होला। त्यसले सो स्थानमा बढी प्रभाव छोड्छ,’ उनले भने, ‘नेपालमा बालेन मात्रैको यो अभियान होइन, यो नेपालभर को अभियान हो भन्ने सन्देश जान्छ। ‘बालेन’हरूका लागि
देशभरका नागरिक साथसाथै रहन्छन् भन्ने देखिन्छ। यहाँ पनि यस्तो किसिमको चेतना र अभिमत रहेछ भनेर प्रोत्सा हन हुने छ।’”यस्तो छ बालेनको भनाइ:” स्थानीय तह
निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुनेहरु सबैलाई धन्यवाद छ। अहिले यति भन्न सकिन्छ कि, हामी काठमाडौं महानगरको
जिम्मेवारी बोक्न योग्य छौं भनेर महानगरका मतदाताहरू ले हामीलाई विश्वास गर्नु भएको छ। यहाँ विश्वासको कुरा छ। विश्वासमा जित वा हार हुँदैन।जित-हारलाई मतगणना
सकिएसँगै सकिदिऔं। घोषणापत्रमा भएका कुराहरू लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला। तर अहिले विजय जुलुस भनेर अरूलाई पराजित भन्ने संकेत
सम्म पनि नगरौं। यसै पनि चुनावमा जित्नेले धेरै मत ल्याउने हो, बहुमत होइन। हाम्रो स्वयमको पनि बढीमा ३५ प्रतिशत मत आउला। यसको अर्थ हो, बदर मतहरू बाहेक
बाँकी ५० प्रतिशत जति मतदाताहरूले अरूलाई छनौट गर्नु भएको छ। हामीलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनु पर्ने
काम वा संकेत भएको छ कि भन्नेमा ध्यान दिनुपर्छ। र, महानगरको उन्नतिका लागि सबैसँग सहकार्य गर्नु नै पर्छ दोस्रो, ठाउँ-ठाउँबाट र्यालीका लागि काठमाडौं आउने
कुराहरू एकदमै धेरै सुनिरहेका छौं। हाम्रो अनुरोध के हुन्छ भने तपाईंहरू कोही पनि र्याली लागि काठमाडौं आउने दु:ख गर्नु पर्दैन। यो अभियान सबैको हो। यसको स्वामित्व
हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौं।अभियानको अहिलेसम्मको सफलताका लागि खुसीयाली प्रकट गर्ने नै हो भने पनि तपाईं रहेकै क्षेत्रमा
‘धन्यवाद र्याली’ गर्नुहोला। त्यसले सो स्थानमा बढी प्रभाव छोड्छ। नेपालमा बालेन मात्रैको यो अभियान होइन, यो नेपालभरको अभियान हो भन्ने सन्देश जान्छ।
‘बालेन’हरूका लागि देशभरका नागरिक साथसाथै रहन्छन् भन्ने देखिन्छ। यहाँ पनि यस्तो किसिमको चेतना र अभि मत रहेछ भनेर प्रोत्साहन हुनेछ।अबको बाटो सहज छैन।
हाम्रो अभियानको वास्तविक परीक्षा अब सुरू हुनेछ।हामीले हिँड्ने सहि बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयासरूले हाम्रो अभियान र महानगरको
उन्नतिलाई प्रभाव पार्नेछ।हामीलाई साथ र सुझाव जति महत्वपुर्ण छ, उति नै खाँचो पर्नेछ खबरदारीको। हामीलेबाटो बिराउन लाग्यौं भने खबरदारी गर्नुहोला। अनि
हाम्रो अभियानको ऊर्जाको लागि हामी सधैं तपाईंहरूसँग जोडिरहेका हुन्छौं। तपाईंहरूको उपस्थिति र साथको आवश्यकता महसुस हुने बित्तिकै हामी आवाज दिनेछौं।
अहिलेलाई यो अभियानलाई देशव्यापी बनाउने प्रयास गरौं। हरेक टोलटोल र गाउँगाउँमा ‘बालेन’हरू भेटिऊन् जसले केवल जनमतका आधारमा परिवर्तनको जिम्मेवारी
बोक्न सकून्, अवसर पाउन सकून् अबको हाम्रो पहिलो यात्रा काठमाडौंको मुहार फेर्नलाई हुनेछ। मिलेर अगाडि बढौं।