ताजा समाचार

काठमाडौँ उपमेयरमा सुनिता भारी मतले विजयी!

काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमाले की सुनिता डंगोल विजयी भएकी छन् ।महानगर पालिका को मतगणना नसकिँदै सुनिता उपमेयरमा विजयी भएकी

हुन् । काठमाडौं महानगरपालिकामा १ लाख ६६ हजार ३ सय १३ मतगणना सम्पन्न हुँदा उपमेयरमा डंगोलले ६० हजार ६७५ मत पाएकी छन् ।उनको निकटतम् प्रतिद्व,न्द्वी

नेकपा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले २० हजार ६८६ मतमात्र पाएका छन् । अब २४ हजार ७७८ मत गणना हुन बाँकी हुँदा सुनिताको मतान्तर ३९ हजार

९८९ रहेको छ ।यस्तै स्वतन्त्र उम्मेदवार बालेन्द्र साह जित नजिक रहेका छन् साहले ५४ हजार २ सय १३ मतसहित फराकिलो अग्रता कायम राखेका हुन् ।उनलाई काँग्रेस।।

उम्मेदवार सिर्जना सिंहले ३४ हजार १८० मतका साथ पछ्याई राखेकी छिन् भने एमालेका उम्मेदवार केशव स्थापित ३३ हजार ६ सय ९ मतसहित तेस्रो स्थानमा छन्

अन्य थप समचार प्रतिक्रियाहरु पनि हेर्नुस् स्वतन्त्र भए पनि अथवा जुनसुकै पार्टीको भएपनि अब देश भिजन भएका युवाहरुको हातमा जॅादै छ । एमालेले सहि उम्मेद्वार

छानेको हो काठमाण्डौमा । अबको हाम्रो उपमेयर सुनिता डंगोलको सफल कार्याकालको हार्दिक शुभकामना । यसरी नै हरेक दलले असल , ईमानदार र परिवर्तनका

पक्षधरहरुलाई चुनाबमा उठाउने हिम्मत गरोस् ! एमालेमा लामो राजनीति गरेका, पार्टीलाई यस्तो योगदान गरेका उस्तो येगदान गरेका भन्दै बुडाखाडा र टेस्टेडलाई उठाएको

भए तिनीहरुले यसरी लोकप्रिय मत पाएर जित्ने थिएनन्। यस्को मतलब जनताले अब नया अनुहार खोजेका छन् , परिवर्तन चाहेका छन्! जनता सुध्रिसके, अब सबै दलहरु सुध्रिन जरुरी देखियो!!

Facebook Comments Box