ताजा समाचार

भरतपुरमा बेरोजगारी अन्त्य गर्ने रेणु दाहालको घोषणा।

काठमाडौं । भरतपुर महानगरपालिकाकी नव निर्वाचित मेयर रेनु दाहालले अबको कार्यकालमा महानगरपालिका मा बेरोजगारी अन्त्य गर्ने घोषणा गर्नुभएको छ ।भरतपुर

महानगरपालिकाको मेयरमा दोस्रो पटक निर्वाचित दाहाल ले अबको पाँच वर्ष आफ्नो लागि अन्तिम कार्यकाल भएकोले शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा जोड दिने

बताउनुभयो ।उहाँले अबको पाँच वर्षमा भरतपुर महानगर पालिकामा बेरोजगार अन्त्य गर्नका लागि रोजगार बैंक स्थापना गर्ने, उद्योग ग्राम स्थापना गर्ने र उद्यमशिलताको

विकास गरेर रोजगारी प्रवर्द्धन गर्ने कुरालाई विशेष प्राथ मिकतामा राखेको बताउनुभयो ।मेयर दाहालले महानगर पालिकाको ढल व्यवस्थापनको लागि गुरुयोजना तयार

गरेर काम गर्ने, नारायणी नदीको पुलको पुनर्निर्माण, नारा याणी तटबन्ध निर्माणलाई अघि बढाउने र अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अघि बढाउने उद्घोष गर्नुभयो ।

उहाँले भरतपुरका बाँकी काम पूरा गरेर जनतालाई निराशा हुन नदिने बताउनुभयो । मेयर दाहालले सोचेको भन्दा राम्रो मत परिणाम आएकोले जनताको चाहनाअनुसार

जनताकै लागि काम गर्ने प्रतिवद्धतासमेत जनाउनुभयो ।थप हाईलाईट भरतपुर महानगरपालिकाकी नव निर्वाचित मेयर रेनु दाहालले अबको कार्यकालमा महानगरपालिका

मा बेरोजगारी अन्त्य गर्ने घोषणा गर्नुभएको छ ।भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो पटक निर्वाचित दाहाल ले अबको पाँच वर्ष आफ्नो लागि अन्तिम कार्यकाल भए

कोले शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा अब जोड दिने बताउनुभयो।।

Facebook Comments Box