काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले यौ न दु र्व्य व हा बारे प्रश्न गर्दा जंगिएका छन्। धुम्बाराहीस्थित नेशनल कलेजले काठमाडौंका उम्मेदवार
हरुसँग आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमा स्थापित सहभागीको प्रश्नमा जंगिएका हुन्।कार्यक्रममा सहभागी भावना राउतले ‘मी’टु’बारे प्रश्न गर्दा स्थापितले ‘।।युआर
नाइस लेडी, तपाइँको थुतुनो ठीक छैन’ भन्दै जवाफ फर्काएका थिए। भावनाले भनेकी थिइन्, ‘हामी सबैको भोट तपाईँलाई चाहिन्छ र तपाईँले जित्छु भन्ने आशा।।
राख्नुहुन्छ भने ‘मी’टु’बारे जवाफ दिनुपर्छ।होइन अहिले यो कुरामा नबोलौ,” नभनौं भनेर भएन। किनभने महिला नै तपाईँको अफिसमा सुरक्षित छैनन् भने वृत्ति विकासका
कुरा नगरिदिनुहोला यो तपाईँलाई सुहाउन पनि सुहाउँदैन।’ स्थापितले जवाफ दिँदै भने, जसलाई आरोप लगायो, त्यस लाई हामीले महारानी भन्थ्यौं।हामीले प्रमाण मागेका थियौं
२५ वर्षसम्म द’बाउने हो। महिलाले जथाभाबी गर्न हुने। महिला आयोग छैन म चुप्प लागेर बस्ने?म जतिको मान्छे लाई आरोप लगाउने? तपाइँहरुले जवाफ दिनुपर्यो। ह्वाट
इज द प्रुफ? यूआर नाइस लेडी तपाँको थुतुनो ठीक छैन। छलफलमा भाग लिने यसरी हुन्छ।’प्रश्नकर्ताले स्थापितलाई बोल्ने शैली ठीक नभएको जवाफ फर्काएकी थिइन्। तपाइँ
ले के बोल्नुभएको यस्तो? तपाइँले के शब्द प्रयोग गर्नु भएको? तपाइँ पब्लिक फोरममा हुनुहुन्छ। तपाइँको जवाफ दिने दायित्व हो।’उनले प्रमाणसहित प्रश्न गर्न
आग्रह गर्दै पत्रिकाको भरमा आरोप नलाउन आग्रह गरे।‘के आधारमा प्रश्न गर्नुभयो बहिनीले? पेपरको भरमा आरोप लगाउने? यो बहिनीले बे,’श्या’वृ’त्ति गर्छ भनेर म पनि।।
छपाउँ? दीस इज भेरी ब्याड।’ केशव स्थापित जंगिन थाले पछि कार्यक्रम सञ्चालक ले रोक्ने प्रयास गरेका थिए।। समिक्षा बाँस्कोटा स्वयंले पनि स्थापितलाई आश्वास्त पार्न
खोजेकी थिइन्।स्थापितको जवाफपछि दिक्क भएका राउतले सामाजिक सञ्जालमार्फत् भनेकी छन्, ‘एमालेका महिला सांसद अधिकारकर्मीहरु, विन्ती अब महिला हक
हितका लागि भन्दै सडक नआउनुहोला किनकि तपाईँको पार्टीभित्रको मौनताले दु’र्घटना निम्त्याएको छ।’