एक्सक्लुसिभ भिडियो ताजा समाचार

ग्यानेन्द्र शाहिको गाउँ जुम्ला एकदमै रमणीय ठाउँ (हेर्नुस भिडियोमा)

भिडियो समाचारको अन्त्यमा राखिएको छ हेर्नुस!!काठमाडौँ — पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारसँग माग गरेको छ ।

श्रृंखलाबद्ध रुपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि अव्यवहारिक र आपत्तिजनक भन्दै राप्रपाले फिर्ता लिनका लागि सरकारसँग माग गरेको हो ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार विज्ञप्ति जारी गर्दै उपभोक्तालाई मारमा पार्ने गरी भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन् । ुश्रृंखलाबद्ध रूपमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा भइरहेको मूल्यवृद्धि अव्यवहारिक र आपत्ति जनक छ ।

सरकारको हचुवा, अदूरदर्शी कदमबाट आम उपभोक्ता नरा म्रोसँग मारमा परिरहेको छ,ु राप्रपाको माग छ, राप्रपा पटक(पटक भइरहेको मूल्यवृद्धिको विरोध गर्दछ ।

पेट्रोलियम पदार्थमा राज्यले लिइरहेको करमा पुनर्विचार गर्न पनि राप्रपाले माग गरेको छ । अध्यक्ष लिङ्देनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,

ुपेट्रोलियम पदार्थमा राज्यले भन्सार र विभिन्न शीर्ष,,कमा लिइरहेको करको पुनर्विचार गरी मूल्य नियन्त्रण र विद्युत् उत्पा दन, खपत र वैकल्पिक ऊर्जाको आवश्यक कार्ययोजना ल्याउन राप्रपा सरकारसँग माग गर्दछ ।ु

सरकारले आइतबार साँझ पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो । जसअनुसार पेट्रोल लिटरको १ सय ८० रुपैयाँ पुगेको छ । ग्यासमा प्रतिसिलिन्डर २ सय रुपैयाँ बढाएर १८ सय पुर्‍याइएको छ ।

Facebook Comments Box