काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै छ । ताजा मत परिणा मअनुसार साहकाे मत ५१ हजार पाँच सय नाघेको छ ।
साहले ५१ हजार पाँच सय ९६ मत पाउनुभएको छ भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ३२ हजार चार सय ३० मत पाउनु भएको छ । सिंह साहभन्दा १९ हजार एक सय ६६ मतले पछाडि हुनुहुन्छ ।यस्तै एमालेका केशव स्थापितले ३१ हजार १५ मत पाउनुभएको छ ।
महानगरमा अहिलेसम्म एक लाख ५७ हजार तीन सय १० मत गनिसकिएको छ । अब ३३ हजार आठ सय ७६ मत गन्न बाँकी छ ।
यो पनि,,करिश्मा मानन्धर जुन पार्टी प्रवेश, त्यो पार्टी पत्ता साफ! कारण सहित…काठमाडौं । स्थानीय तह २०७९ निर्वा चन नजिकिँदै गर्दा नायिका करिश्मा मानन्धर एमाले प्रवेश गरिन् । पार्टीका उम्मेदवारलाई जिताउन उनी घरदैलो अभियान,,मा लागिन् । विभिन्न जिल्लामा पुगेर एमालेका उम्मेदवारका लागि भोट मागिन्।
तर, आफ्नै घर भएको ललितपुरको गोदावरी नगरपालिका र वडामा समेत एमालेका उम्मेदवार पराजित भए । करिश्मालाई पार्टीमा ल्याएपछि अध्यक्ष केपी ओलीले गोदावरीमा पार्टीका उम्मेदवारले जित निकाल्ने अपेक्षा गरेका थिए ।
तर, त्यस्तो भएन । १४ वटा वडा नम्बर भएको गोदावरी नगर पालिकामा एमालेले एउटा मात्र वडा जित्न सक्यो । कांग्रेसले ११ वटा र माओवादी केन्द्रले दुईवटा वडा जित्यो । आफ्नै गृह नगरमा एमाले पराजित भएपछि अहिले करिश्मा फेरि चर्चामा आएकी छन् ।
एमालेको चुनावी सभामा गएर आफू पार्टी प्रवेश गर्नुको कारण खुलाउँदै उनले भनेकी थिइन्– न्वारनको मेरो नाम सूर्जेकुमारी हो । एमालेको चुनाव चिह्न पनि सूर्य नै हो ।
त्यही भएर अहिले सूर्जेकुमारी कता छिन् भनेर उनको खोजी सुरु भएको हो । अहिले भन्न थालिएको छ, करिश्मा जुन पार्टीमा जान्छिन्, त्यो पार्टी भताभुंग हुन्छ ।
कलाकारितासँगै ०७२ सालमा डा. बाबुराम भट्टराईले गठन गरेको नयाँ शक्ति पार्टीमा करिश्मालाई केन्द्रीय नेता बनाइएको थियो ।
बाबुराम र करिश्माले सँगै मञ्च सेयर गरेर धेरै जिल्लामा भाषण गरे । तर, अहिले बाबुराम र करिश्मा एउटै पार्टीमा छैनन् । पार्टी गठन भएको एक वर्ष नबित्दै दुईबीच मनमुटाव सुरु भएको थियो । पछि पछि करिश्मा नयाँ शक्ति पार्टीमा निष्क्रिय रहिन् ।
पार्टी गतिविधिमा जानै छाडिन् । बाबुरामले पनि वास्ता गरेनन् । पछि त बाबुरामले नयाँ शक्ति नै संघीय समाजवादी पार्टीमा समाहित गरे ।
अहिले एमालेको हालत पनि त्यस्तै त हुने होइन भन्ने आशंका गर्न थालिएको छ । किनभने एमालेले स्थानीय निर्वाचनमा सोचे जस्तो नतिजा हासिल गर्न सकेन ।