चितवन –भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल बिजयी भएकी छन्। सत्ता गठबन्धनबाट माओवादी केन्द्र की उम्मेदवार रेणु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन
अधिकारी विजयी भएका हुन् ।तीन वडाको मत गणना गर्न बाँकी नै भए पनि उनीहरुको अग्रता गन्न बाँकी मत भन्दा बढी भएकोले विजय सुनिश्चित भएको हो । निर्वाचन
आयोगले औपचारिक घोषणा भने मतदान सकिएपछि मात्र गर्नेछ ।भरतपुर महानगरपालिकामा अब तीन वटा वडा २७, २८ र २९ को मत गणना गर्न बाँकी रहेको छ ।
वडा २७, २८ र २९ मा खसेको मत १० हजार ३२४ मत गणना गर्न बाँकी छ ।भरतपुरका २४ वटा वडाको नतिजा आइसकेको छ । जसमा वडा नं ३, ११, १२, १८ र १९ को
वडाध्यक्षमा नेकपा एमालेका उमेदवार निर्वाचित भएका छन् । १३ र २४ नम्बर मा माओवादी केन्द्रका वडाध्यक्ष निर्वाचित भएका छन् । ७, ९, २२ मा एकीकृत समाजवादी
र बाँकी सबै वडामा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् ।अहिलेसम्मको मतगणनाअनुसार मेयरमा रेनु दाहालले ४५ हजार ३८९, विजय सुवेदीले ३४ हजार ७३८
र जगन्नाथ पौडेलले १३ हजार ८२२ मत ल्याएका छन् । मेयरमा विजय सुवेदीभन्दा रेनु दाहाल १० हजार ६५१ मतले अगाडि रहेका कारण उनको जित सुनिश्चित भएको
छ । त्यसैगरी उपमेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १९ हजार ६७ मतको अग्रता लिएका छन् । उनले ४६, ४७१ मत ल्याउँदा राप्र
पाकी हिमला गुरुङले २७ हजार ४०४ मत ल्याएकी छन् । जित सुनिश्चित भएसँगै भरतपुरमा भे गठबन्धनले भोलि विजय जुलुसको तयारी गरिरहेको छ जानकारी प्राप्त भए को छ