हाईलाइट

चितवनको ताजा अपडेट।

भरतपुर । भरतपुर महानगरपालिकाको प्रमुख (मेयर) पद को मतगणना जारी रहेको छ । तर, मतगणना नसकिँदै पाँच दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मे

दवार रेणु दाहाल विजयी भएकी छन् ।भरतपुर कूल खसेको मत १ लाख २७ हजार ८३९ मध्ये १ लाख १६ हजार ६६६ गणना भइसकेको छ । अब, मत गणना गर्न

बाँकी ११ हजार १७३ रहेको छ । तर, उक्त मत गणना भन्दा पनि रेणुको मतान्तर बढी रहेको छ ।पछिल्लो प्राप्त मत परिणामअनुसार रेणुले ४७ हजार ४० मत प्राप्त गरेकी

छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ३५ हजार ५८३ मत पाएका छन् । र, सुवेदी रेणुभन्दा ११,४५७ मतका साथ पछि रहेका छन् ।

यो मत भनेको गणना गर्न बाँकी रहेको मतभन्दा बढी हो ।उपमेयरतर्फ पनि नेपाली कांग्रेसका चित्रसेन अधिकारी पनि मत गणना गर्न जारी रहँदै विजयी भइसकेका छन् ।

उनले ४७,९५८ मत पाउदा उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले २७,९२२ पाएकी छन् । हिमला अधिकारी भन्दा २० हजारभन्दा बढी मतले पछि छन् ।

Facebook Comments Box