ताजा समाचार

खनालको असन्तुष्टि काङग्रेस धोकेबाज बन्यो।

काठमाडौं । नेकपा (एकिकृत समाजवादी)का सम्मानीत नेता झलनाथ खनालले कांग्रेस धोकेवाज पार्टी रहेको बताएका छन् ।उनले ग्लोबल टेलिभिजनको तक्षशिला

कार्यक्रममा अन्र्तवार्ता दिने क्रममा सो कुरा बताएका हुन् ।एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय तह निर्वाचनमा पार्टी एक्लै होमिएको भए अहिले

को परिणाम भन्दा राम्रो नतिजा आउने दाबी गरेका छन् ।मतगणना जारी रहँदा नेता खनालले एकीकृत समाजवादी लाई आएको मतको लहरले नतिजा फरक आउने दाबी

गरेका हुन् ।१७ प्रमुख र २० उपप्रमुख जितिसकेको तथा पोखरा महानगरमा जीत नजिक रहेको तथ्यलाई आधार मान्दा पनि पार्टीले ठूलो सफलता हात पारेको उनको

भनाइ छ ।नेता खनालले कांग्रेसले धोका दिएका कारण केही स्थानीय तहमा आफूहरू पराजित हुनुपरेको बताए । उनले कांग्रेसको यही चरित्रका कारण वामपन्थीहरू एक

हुनुपर्ने अवस्था पुनः आएको तर्क गरे ।नेता खनालले एमालेसँगको पार्टी एकता वा कार्यगत एकताका लागि पनि आफूहरू तयार रहेको बताए । आमामी आमनिर्वाचन

मा एकता गरी अघि बढ्न आफूहरू तयार रहेको उनको भनाइ छ ।कार्यक्रममा अन्र्तवार्ता दिने क्रममा सो कुरा बताएका हुन् ।एकीकृत समाजवादीका सम्मानित नेता

झलनाथ खनालले स्थानीय तह निर्वाचनमा पार्टी एक्लै होमिएको भए अहिलेको परिणाम भन्दा राम्रो नतिजा आउने दाबी गरेका छन् मतगणना जारी रहँदा नेता खनाल

ले एकीकृत समाजवादी लाई आएको मतको लहरले नतिजा फरक आउने दाबी गरेका हुन्

Facebook Comments Box