काठमाडौं । काठमाडौं महानगरको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो जानकारी अनुसार यहाँ एक लाख ४२ हजार ९० मतको गणना भइसकेको छ ।
जसमा महानगर प्रमुखको स्वतन्त्र उम्मेदवार बालेन शाहले ४८ हजार ८९ मत प्राप्त गरेका छन् । उनलाई नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले २९ हजार १८० मत
का साथ पछ्याइरहेकी छन् ।त्यस्तैगरी तेस्रो स्थानमा रहे का केशव स्थापितले २८ हजार ३२६ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार बालेन र काँग्रे उम्मेदवार सिर्जना को
मतान्तर १९ हजार ९०९ रहेको छ ।त्यस्तै बालेन र एमाले उम्मेदवार स्थापितको मतान्तर १९ हजार ७६३ रहेकाे छ । त्यस्तैगरी स्थापित सिर्जनाभन्दा ८५४ मतले पछि परका
छन् । यसअघि स्थापित सिर्जनाभन्दा अघि थिए । अब अन्य थप समचार पढ्नुस्
काठमाडौं । स्थानीय तह २०७९ निर्वाचन नजिकिँदै गर्दा नायिका करिश्मा मानन्धर एमाले प्रवेश गरिन् । पार्टीका उम्मेदवारलाई जिताउन उनी घरदैलो अभियानमा लागिन् ।
विभिन्न जिल्लामा पुगेर एमालेका उम्मेदवारका लागि भोट मागिन्।तर, आफ्नै घर भएको ललितपुरको गोदावरी नगर पालिका र वडामा समेत एमालेका उम्मेदवार पराजित भए
। करिश्मालाई पार्टीमा ल्याएपछि अध्यक्ष केपी ओलीले गोदावरीमा पार्टीका उम्मेदवारले जित निकाल्ने अपेक्षा गरेका थिए ।तर, त्यस्तो भएन । १४ वटा वडा नम्बर भए
को गोदावरी नगरपालिकामा एमालेले एउटा मात्र वडा जित्न सक्यो । कांग्रेसले ११ वटा र माओवादी केन्द्रले दुईवटा वडा जित्यो । आफ्नै गृहनगरमा एमाले पराजित
भएपछि अहिले करिश्मा फेरि चर्चामा आएकी छन् ।एमालेको चुनावी सभामा गएर आफू पार्टी प्रवेश गर्नुको कारण खुलाउँदै उनले भनेकी थिइन्– न्वारनको मेरो नाम
सूर्जेकुमारी हो । एमालेको चुनाव चिह्न पनि सूर्य नै हो ।त्यही भएर अहिले सूर्जेकुमारी कता छिन् भनेर उनको खोजी सुरु भएको हो अहिले भन्न थालिएको छ, करिश्मा
जुन पार्टीमा जान्छिन्,त्यो पार्टी भताभुंग हुन्छ कलाकारिता सँगै ०७२ सालमा डा. बाबुराम भट्टराईले गठन गरेको नयाँ शक्ति पार्टीमा करिश्मालाई केन्द्रीय नेता बनाइएको थियो ।
बाबुराम र करिश्माले सँगै मञ्च सेयर गरेर धेरै जिल्लामा भाषण गरे । तर, अहिले बाबुराम र करिश्मा एउटै पार्टीमा छैनन् । पार्टी गठन भएको एक वर्ष नबित्दै दुईबीच मन
मुटाव सुरु भएको थियो । पछि पछि करिश्मा नयाँ शक्ति पार्टीमा निष्क्रिय रहिन् ।पार्टी गतिविधिमा जानै छाडिन् । बाबुरामले पनि वास्ता गरेनन् । पछि त बाबुरामले नयाँ
शक्ति नै संघीय समाजवादी पार्टीमा समाहित गरे ।अहिले एमालेको हालत पनि त्यस्तै त हुने होइन भन्ने आशंका गर्न थालिएको छ ।किनभने एमालेले स्थानीय निर्वाचनमा सोचे जस्तो नतिजा हासिल गर्न सकेन ।