काठमाडौं । जीवन शाहीको निर्देशनमा तयार पारिएको सर्ट फिल्म ‘मन बार’ युट्युवबाट हटाइएको छ । हिन्दी सर्ट फिल्म ‘नामर्द’सँग हुबहु मिलेको भन्दै जताततै चर्को आलो चना हुनथालेपछि ‘मन बार’लाई युट्युवबाट हटाइएको हो ।
ओएसआर डिजिटलबाट अपलोड गरिएको सर्ट फिल्म ‘मन बार’लाई करिब तीन सातापछि युट्युवबाट हटाइएको हो ।आधुनिक शैलीमा जीवन विताउन चाहने युवा र युवती हरुको कथा प्रस्तुत गरिएको ‘मन बार’मा अभिनेत्री सुरक्षा पन्त र कोसिश क्षेत्री फिचर्ड थिए ।
उक्त सर्ट फिल्मको कथा , पटकथा तथा संवाद रुपेन्द्र खड्कीले लेखेका हुन् । यसरी आफू अभिनित ‘मन बार’ हिन्दी सर्ट फिल्म ‘ नामर्द ’सँग हुबहु मिलेपछि अभिनेत्री सुरक्षाले दुःख व्यक्त गरेकी छन् । साथै, उनले ‘मन बार’को सिरिजमा काम नग र्ने मनसायमा पुगेको पनि जानकारी गराएकी छन् ।
उनले सोस ल मिडियामार्फत् भनेकी छन्, ‘हालसालै मैले काम गर्न पुगेको एउटा सर्ट फिल्म कुनै हिन्दी छोटो सिनेमा को हुबहु कपी रहेको कुरा थाहा पाएपछि मलाई धेरै दुःख लागेको छ । पहिले जानकारी भएको भए पक्कै पनि काम गरिदैन्थ्यो होला ।’
आइडिया हुबहु कपी गर्ने कुराको आफू घोर बिरोधी रहेको उल्लेख गर्दै उनले भनेकी छन् ‘त्यसैले अनभिज्ञ भई यस माहोलको एउटा पात्र हुन पुगेकोमा खेद प्रकट गर्दछु । तर फेरी यो नदोहोरिएला भन्न सकिन्न । इन्टरनेटको सम्पूर्ण कन्टेन्ट हेरिसकेको पनि भइदैन । सायद काम गर्नु अघि कलाकार वा अन्य टिमले कन्टेन्ट कपी हो वा होइन भन्ने प्रश्न राख्न कसरी सक्ला ?
लेखकको सम्मानमा ठेस नपु¥याई सोच्नुपर्ने कुरा हो यो ।’त्यसोत, नेपाली फिल्म उद्योगमा कन्टेन्ट, संगीत चोरीको आरोप लाग्नु नौलो कुरो भएन । यसअगाडि कयौं सुपरहिट फिल्महरुले समेत कन्टेन्ट , संगीतलगायतका चो’रीको आ’रो’पको सामना गर्नुपरेको थियो ।news24nepal