काठमाण्डौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ पवित्रा लामाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र नै समाप्त पार्ने गरी ष’डयन्त्र गरेको आ’रोप लगाएकी छिन् । उनले राष्ट्रपति र प्रधान मन्त्रीको मिलेमतोमा जनता सुतेको बेला मध्यराति प्रति निधिसभा विघटन गर्नु भनेको मिलेमतो भएको कुुुरा पनि टिप्पणी गरेकी छिन्”
“गणतन्त्र र संविधानको रक्षार्थ प्रधानमन्त्री र राष्ट्रपतिका कमदविरुद्ध राजनैतिक र न्यायिक लडाईँ लड्ने तथा सडकसम्म तताउने सक्ने उनले चेतावनीसमेत दिएकी छिन् । संसद् विघटन गर्ने कदमलाई असंवैधानिक र संविधानमाथिको प्रहारको संज्ञा दिँदै यो कदमको आफ्नो पार्टीले डटेर सामना गर्ने पनि उनले स्पष्ट पारेकी छिन् ।”
“उनले यस सन्दर्भमा भनिन्,‘कोरोना कहरको चपेटामा परेका नेपाली जनताको रक्षामा लाग्नुपर्ने सरकार संविधानको मर्म र भावनाविपरीत अगाडि बढेको देखिन्छ, वर्तमान सरकार आफ्नो सत्ता संघर्षमा छ । ओलीलाई साक्षी राखेर महारानीबाट जनताले लेखेको संविधानको हत्या भएको छ । संविधानको उलंघन वा ह त्या गर्ने अधिकार कसैको छैन् ।
’नयाँ सरकार गठन हुने अवस्था कायम रहेको जिकिर गर्दै प्रतिनिधिसभाको विघटन गरी नयाँ निर्वाचनको मिति तोकिएकामा आपत्ति समेत जनाएकी छिन् । महामारीका समयमा निर्वाचन सम्भव नभएको जनाउँदै यसले देशलाई अस्थिरता र द्व न्द्वमा लैजाने औल्याईन् ।”
“उनले भनिन्,‘अहिले नेपालमा कोरोना भयावह अवस्था मा छ गरिब मानिसहरु रोग भन्दा भोगले मर्नु पर्ने बाध्यता सिर्जना भएको छ । यो राज्यको दायित्व हैन र? कहाँ छ सरकार ?अस्पतालहरुमा अक्सिजन, बेड तथा चिकित्सक को अभाव छ । सरकार नै दायित्व विहिन भए पश्चात हामी ले कोरोनाको दोस्रो लहर सुरुभएलगतै निरन्तर आफ्नो
तर्फ बाट काठमाडौँको विभिन्न स्थानमा रहेका असहाय व्यक्तिहरुलाई खाना, कपडा तथा औषधीको व्यवस्था गरिरहेका छौँ ।”हाम्रो संस्था वेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र निरन्तर जोखिम मोली अ स हायहरुको सहारा बन्ने प्रयास गरिरहेका छौ ।’