राजनीतिक

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने माधव नेपाल पक्षाका सांसदहरुलाइ कारवाहिको तयारी!

सत्तारुढ  दल  नेकपा  एमालेको स्थायी कमिटी बैठक बालु वाटारमा बसिरहेको छ  ।बैठकले  काँग्रेस  नेता  शेरबहादुर देउवालाई  प्रधानमन्त्री  बनाउ न र  संसद  पुनः स्थापनाको पक्षमा हस्ताक्षर  गर्ने  माधव  नेपाल पक्षका सांसदहरूलाई कारबाही गर्ने तयारी गरेको बुझिएको छ ।

यसअघि  शनिबा र बसेको  स्थायी  कमिटी  बैठकले देउवा लाई प्रधानमन्त्री बनाउन प्रस्तावका लागि हस्ताक्षर गर्ने २६ सांसदमध्ये  ११  सांसदलाई  स्पष्टीकरण   माग गर्ने निर्णय गरेको थियो ।सो  बैठकले  माधवकुमार  नेपाल,  झलनाथ खनाल , भीम  रावल , मुकुन्द न्यौपाने , रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र  निरा  जैरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

स्पष्टकरणको म्याद आजै बिहान सकिएको छ । तर माधव नेपाल पक्षले स्पष्टिकरण दिएका छैनन । आजको बैठकमा शुक्रबार  स्पष्टिकरण  सोधेका ११ जनामाथि थप कारवाही र बाँकी  हस्ताक्षर  गर्नेहरूबारे पनि कारवाही गर्ने एक नेता ले जानकारी दिए ।

यो   पनि! कोभिड–१९ संक्रमणबाट नेपाल प्रहरीका नायव उपरिक्षक  (डिएसपी) समीरचन्द्र  खरेलको  नि’धन भएको छ । नेपाल  प्रह री अस्पतालमा  सोमबार खरेलको नि’धन भएको हो  । उनी संगठनमा  इमान्दार र व्यवसायीक अधि कृतको रुपमा परिचित थिए ।

खरेल  प्रहरी  प्रशिक्ष ण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत थिए ।  प्रहरी  अस्पताल मा जेठ  ६  मा  राति  महानगरीय प्रहरी  परिसर  काठमाडौंमा  कार्यर त डिएसपी राजकुमार केसीले पनि ज्यान  गुमाएका  थिए  । वैशाख २२ संक्रमण भएपछि  केसीलाई  सो अस्पतालमा भर्ना गरिएको थियो । श्रोत:रातोपाटि

Facebook Comments Box