ताजा समाचार

प्रधानमन्त्री ओली मेडिकल माफियाका प्र’मुख संरक्षक रहेको डा. केसीको आ’रो’प

१०   जेठ,    काठमाडौं    । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता  डा.  गोविन्द  केसीले  प्रधानमन्त्री  केपी   शर्मा ओली मेडिकल  माफियाका  प्रमुख संरक्षक रहेको आ’रोप लगाएका छन् ।प्रधानमन्त्री ओलीले आर्थिक र राजनीतिक साझेदार मध्येका आफू निकट एक व्यक्तिले सञ्चालन गर्न लागेको झापास्थित निजी मेडिकल

कलेजलाई   गैरकानूनी  रुपमा  सम्बन्धन  दिलाउन  अनेक हथकण्डा   अपनाएको  उ नको आ’रोप  छ  सोमबार  एक विज्ञप्ति  जारी गर्दै डा.  केसीले प्रधानमन्त्री ओलीको संरक्ष ण पाएपछि जस्तोसुकै अवैध काम गर्न सकिन्छ भन्ने विश्वा सका  कारण  उक्त  प्रस्तावित  मेडिकल  कलेजले   २०७३ सालयता आशयपत्र नवीकरण पनि नगरेको बताएका हुन् ।

जबकि  चिकित्सा  शिक्षा नियमावली २०७७ अनुसार त्यस री नवीकरण  नगराएको  आशयपत्र  स्वतः  रद्द हुने उनको भनाइ छ ।प्रधानमन्त्री  ओलीले जबर्जस्ती चिकित्सा शिक्षा आयोगको   बैठ  क राखेर   अ’वैध  निर्णय  गर्न आयोगका सदस्यहरुलाई बाध्य पार्न खोजेको उनको आ’रोप छ ।

प्रधानमन्त्रीले  नै  अ’वैध कार्य गराउने यस्तो कार्य विधिको शासनविरुद्धको  अक्ष्यम्य अ’पराध भएको भन्दै उनले यही समयमा   प्रधानमन्त्रीको संरक्षणमा  रहेका  स्वघोषित  डन तथा उल्लिखित अवैध शिक्षण संस्थाका सञ्चालकले हाम्रो अभियानका  मिडिया संयोजक प्रितम सुवेदीमाथि भौतिक आक्रमणको धम्की दिनु

नागरिकमाथि  हुने राज्य  आतंकको नमुना भएको विज्ञप्ति मा उल्लेख  छ ।‘नागरिकको  स्वतन्त्रतापूर्वक  बाँच्न पाउने अधिकार नै कुण्ठित गर्ने प्रधानमन्त्री ओली संरक्षित अपरा धीहरुको यस्तो  कर्तुतविरुद्ध  लड्नु  हामी सबै नागरिकको कर्तव्य हो,’ विज्ञप्तिमा भनिएको छ ।श्रोत:अनलाइनखबर

Facebook Comments Box