बुटवल : नौवहिनी गाउँपालिका १ चौतारा स्याउलीवाङ प्यूठानका ३ ८ वर्षीय बोमबहादुर मल्ल खरले छाएको झुपडी मर्मत गर्ने योजनामा थिए। दैनिकी गुजारा त जसोत सो चलाइरहेका थिए। तर, गत शुक्रबार त्यही झुपडी सजा उने मिठो कल्पनासहित परिवारसँ गै सुतेका उनी कहिल्यै नउठ्ने गरी ढले। उनी एक्लै मात्रै ढलेनन् आफूसँगै सुतेकी जीवन संगिनी र मुटुको टुक्रा छोरालाई लिएर सदाका लागि अस्ताए।
जस्तापाता ले घर रंगाउने सपनालाई साकार पार्दै थियो नौवहिनी गाउँपालिकाले । विपन्न घरमा जस्तापाता लगाउ ने कार्यक्रमअन्तर्गत मल्लले गत शुक्रबार त्यसको चाँजोपा जो गर्दै थिए ।पुरानै घरमा जस्तापाता लगाउन नमिलेपछि उनले एक हात जति गारो लगाउँदै थिए ।
त्यसका लागि ढुंगा जम्मा गरे र राखेका थिए । शुक्रबार खाना खाएर उनी सहित ३ ३ वर्षीया श्रीमती गमी मल्ल र ढा इ वर्षीय छोरा मेघराजसँगै सुते । तीन बहिनी छोरीहरु अर्को कोठा मा र जेठी छोरी मामा घर गएकी थिइन् । एक्का सी सँगै सुतेका श्रीमान, श्रीमती र ढाइ वर्षीय छोरा लाई घर बनाउन राखेका ढुंगाले च्याप्यो ।
माथिको तला पूरै भत्कियो । त्यही तलामुनि तीनैजनाले प्राण त्यागे। अर्को कोठामा सुतेकाले तीन बहिनी छोरीहरु भने बाँच्न सफल भए । पाँच सन्तान र श्रीमतीको पालन पोषण मल्लले मजदुरी गरेर चलाएका थिए । अर्घाखाँचीमा घर बनाउने मिस्त्री काम गर्दथे मल्ल । गाउँपालिकाले जस्तापाता दिएपछि खुसीले उनी घर छाउन आएका हुन् ।
जस्तापाताले रंगिएको घर देख्न त पाएनन्, नाबालक चार छोरीलाई विचल्लीमा पारेर मृ’त्युको मुखमा पुगे। । जेठी छोरी कुमा री मल्ल १५ वर्षकी भइन् । उनी ६ कक्षामा पढ्छिन् । १२ वर्षीय करिष्मा तीन कक्षामा, ९ वर्षीया साइ ली गंगा दुई र ७ वर्षीया कान्छी छोरी सपना एक कक्षामा पढ्दैछन् । बुवा, आमा र कान्छो भाइको मृत्युपछि उनीहरु बेसहारा बनेका छन् ।
मामा घर गएकी जेठी छोरी कुमारीले घर आउँदा बुवा, आमा र भाइलाई घरभित्र पुरिएको अवस्थामा देखेपछि गाउँलेलाई खबर गरेकी थिइन् । उनको घर एकान्तमा भए का ले गाउँलेले उनीहरुलाई उद्दार समेत गर्न पाएनन् ।
उनीहरुको अहिले न बस्ने बास छ, न सहाराका लागि कोही आफन्त । बाल्खैमा उनीहरु बेसहारा बनेका छन् । ‘बिचल्ली छोरीलाई कसको जिम्मा लगाउने भन्ने बारेमा छलफल गर्दैछौं’,वडा अध्यक्ष शेरबहादुर सेनले भने, भत्कि एको घर बनाउन वडा कार्यालयले अगुवाइ गर्छ ।श्रोत:अन्नपूर्ण