ताजा समाचार स्वास्थ्य

सरीता लामिछाने भक्कानिदै भनिन्, ‘राती १० वजे सम्म अस्पतालमा भौतारिदा पनि वेड पाइन, अब श्रीमान गुमाए भन्ने लागेर चिच्याएर रोएँ’

काठमाडौ । २० दिन यता मैले जे समस्या भोगे त्यो कुरा म सोच्न पनि सक्दिन । सुरुमा मलाई रुघा लाग्यो तर यस्तो रुघा मलाई कहिल्यै लागेको थिएन । त्यस””पछि मलाई नै शंका लागेर अलग्गै बसौं भन्दा परिवारका सदस्य ले विश्वास गर्नु भएको थिएन ।

तर झन समस्या बढ्दै गयो । कलाकार सरिता लामिछानेले पनि आफू संक्रमित हुँदाको अनुभव सुनाउँदा निकै भावुक भइन् । सामाजिक संजालमार्फत उनले, रिपोर्ट पोजिटिभ आएको र योनिकै नै पीडादायी हुने उल्लेख गरेकी थिइन् अहिले उनि पनि मुक्त भैसकेकी छन् ।

उनी घरमै बसेर स्वास्थ्य भएपनि श्रीमान ऋषी लामिछाने भने अस्पताल भर्ना भए । उनलाई निकै समस्या भयो । कलाकार समेत रहेकी सरिता लामिछाने र उनकी छोरी समृद्धिको स्वास्थ्यमा कुनै समस्या नदेखिए पनि निर्देशक

ऋषि लामिछाने ज्वरो कम नभएर निमोनिया बढेपछि धापासीमा रहेको ग्रान्डी अस्पतालमा भर्ना भएका छन् । उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको बुझिए  को छ ।

चार दिनदेखि अस्पतालमा उपचारार्थ लामिछानेले मंगल वार आफ्नो फेसबुकमा भावुक स्टाटस लेखेका छन् । अस्प तालको कोठाको चारवटा भित्ताले घरी घरी पीडा दिने गरेको उनले उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘असाध्यै असहज र पीडादायी । लाग्थ्यो दुख्ने शरिर, मन र मुटु मात्र हुन्छ, यहाँ त सपना पनि, विपना पनि, कल्पना पनि सबै दुख्दो रैछ । पूरा जीवन दुखेको छ ।’

कोभिडको खोप लगाएर स्वास्थ्य लाभ गरिरहेका उनी अगाडि लेख्छन्, ‘अस्ती अस्ती शरीर दुख्दा पीडाले रोएको थिएँ । आज आत्मा दुखेको छ । ग्रान्डी हस्पिटलको नबौं तल्लाबाट बाहिर हेर्दै चिच्याएर कराउन मन लागेको छ । बिहानै हेरचाह गर्ने बहिनीले भनिन् पल्लो कोठामा रोग ल ड् दै गरेका एकजना दाईले भन्नुभयो रे( कहिले काहिँ मृत्युभन्दा जीवन असहज लाग्दो रैछ ।’

उनको स्टाटसमा फिल्मकर्मीहरुले मनोबल उच्च बनाउन आग्रह गर्दै स्वास्थ्य लाभको कामना गरेका छन् । निर्देशक लामिछानेले ‘हाम्रो माया जुनी जुनीलाई, हवल्दार सुन्तली, आफ्नो मान्छे आफ्नै हुन्छ, श्रीमान् श्रीमती’ लगायतका फिल्म निर्देशन गरेका छन् ।

पारिवारिक प्रेमकथामा मनछुने फिल्म बनाउन सिपालु मानिने उनले ‘हवल्दार सुन्तली’ पछि नयाँ फिल्म निर्देशन गरेका छैनन् ।

Facebook Comments Box