मनोरंजन

सामाजिक विषयवस्तुमा नयाँ टे’लिसिरियल लेख्दै कुमार कट्टेल

हाँस्य  कलाका र कुमार  कट्टेल नयाँ टेलिसिरियलको कथा लेखनमा  लागेका  छन् । ‘सक्किगोनी ’ भन्दा फरक विषय वस्तुमा  पनि  टेलिसिरियल  बनाउने  सोच  अनुसार  आफू कथा  लेखनमा  लागिरहेको कुमारले  अनलाइनखबर लाई बताए ।कमेडीभन्दा फरक विधामा सामाजिक विषय वस्तु  मा पनि टे

लिसिरियल बनाउने  सोच  हो’ कुमारले  भने–‘अहिले त्यस को  कथामा   दृश्य  अनुसार  लेखनको  काम गरिरहेको छु अवस्था  सामान्य  भएपछि  उक्त टेलिसिरियल निर्माण सुरु गर्ने कुमारले बताए । नयाँ  टेलिसिरियलमा ‘सक्किगोनी’कै टिम हु ने कि नयाँ हुने भन्नेबारे सरसल्लाह भने भैनसकेको उनले बताए ।

‘अहिले म  आफूमात्र लागेर कथा लेखिरहेको छु । टिमसँग सरसल्लाह हुन बाँकी नै छ’ कुमारले भने–‘सक्किगोनीबाट केही कलाकार, बाहिरबाट केही कलाकार हुनुहुन्छ होला । अन्य  कुरा   कथाको    काम    सकिसकेपछि  तय हुन्छ ।
सक्किगोनी’ टिमले  चलचित्र निर्माणको तयारी गरेको पनि लामै भयो ।

चलचित्रको  नामसमे  तय  भएको  थियो । यद्यपी चलचित्र निर्माणको  काम  अहिलेसम्म  अगाडि बढ्न सकेको छैन । कुमार  अब  चलचित्रको  कामलाई  पनि  अगाडि  बढाउने बताउँछन् ।  अहिले  आफू  नयाँ टेलिसिरियलसँगै चलचित्र को कथामा पनि घोत्लिएको उनले बताए ।

‘सामान्य  अवस्थामा  ‘सक्किगो नी’मै बढी समय जाने भए काले अहिले  प्रशस्त  समय भएको अवस्थामा चलचित्रको कथामा  पनि   सोचिरहेको  छु ।  दुई– तीनवटा  कथामध्ये कुनलाई फाइन  गर्ने भन्ने बिषयमा पनि सोचिरहेको छु’ उन ले भने ।  चलचित्र  भने  सामाजिक  विषयवस्तुलाई उठान गर्दै कमेडी जनरामा निर्माण हुने उनले बताए ।

Facebook Comments Box