एक्सक्लुसिभ भिडियो ताजा समाचार

बन्ने भयो एमपी थियटर ।अब बालेनको गितमा सुनिताको नाच हेर्न पाईने भयो।

एक कार्यक्रममा सुनिताले हामीेले जिते एमपी थियटर बनाउछौ र बालेन लाई गित गाउन दिन्छौ भनेकी थिईन त्यसपछि विरोध गरे पछि बालेन मेयर भए पनि गित गाउदा झन युवाहरु लाई प्रोप्साहित हुने र आफू पनि नाचेर

धेरैलाई प्रेरणा दिने कुरा गरेकी थिईन उनले मेयर र गित गाउदा र उपमेयर नाच्दा झन राम्रो सन्देश जाने भनेकी थिइन हो अब भने हामी प्रतिक्षा गरौ एमपी थियटर बन्ने पक्का भएको छ।काठमाडौं महानगरपालिकाले ‘एम्फी

थिएटर’ निर्माण गर्ने भएको छ । आइतबार महानगरको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयरबालेन (बालेन्द्र) साहले काठमाडौंमा ‘एमफी थिएटर’ निर्माण गर्ने घोषणा गरेका हुन् ।सार्वजनिक नीति

तथा कार्यक्रममा भनिएको छ, ‘कला क्षेत्रलाई प्रबर्द्धन गर्नकालागि काठमाडौं महानगर क्षेत्र भित्रका डबलीहरुको पुनर्स्थापना र एम्फी थियटर निर्माण गरिनेछ ।उपमेयर सुनिता डंगोलले आफ्नो चुनावी अभियानका क्रममा एमपी

थिएटर बनाउने कुरा गरेकी थिइन् । उनको उक्त भाषण भाइरल नै भएको थियो ।मेयरका प्रत्याशी बालेन्द्र साहको विषयमा टिप्पणी गर्दै डंगोलले आफूले चुनाव जितेपछि काठमाडौंमा एमपी थिएटर बनाएर बालेनलाई गाउन

निम्त्याउने बताएकी थिइन् ।बालेनका समर्थकहरुले उक्त भाषणलाई लिएर सुनितालाई ट्रोलसमेत गरेका थिए । तर,मेयर बालेनले आफ्नो नीति तथा कार्यक्रममा एमपी थिए टरलाई स्थान दिएका हुन् ।यस्तै नीति तथा कार्यक्रम

मा विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति, बौद्ध, स्वयम्भु रबसन्तपुर क्षेत्रको संरक्षण गरिने, स्वयम्भु र बौद्धको व्यव स्थापन काठमाडौं महानगरपालिका अन्तर्गत ल्याउन पहल गरिने उल्लेख छ ।महानगर क्षेत्र भित्र मनाइने जात्रा, पर्व,

मेला, पूजा, परम्परागत जीवन शैली एवं अन्य सांस्कृतिक सम्पदाहरुको मुख्य प”रिचयात्मक विवरण समेटी काठ माडौं महानगरको सांस्कृतिक प्रोफाइल तयार गरी प्रका शित गर्ने नीति तथा कार्यक्रममा भनिएको छ । थप अन्य भिडियो हेर्नुस
थप समचार काठमाडौं महानगरपालिकाको मतगणना प्रारम्भिक चरणमै भए पनि उपमेयर उम्मेदवार सुनिता डंगोललाई बधाईको ओइरो लाग्न थालिसकेको छ । प्रतिस्पर्धी उम्मेदवारसँग भीमकाय अन्तराल कायम हुँदा

उनको जित निश्चितप्रायः देखिन्छ एमालेबाट उम्मेदवार बनेकी सुनिताले सुरुदेखि गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले भन्दा चारगुणा बढी मत ल्याइरहेकी छन् । पूर्ण रुपमा एकतर्फी देखिएको

यो प्रतिस्पर्धामा खासै उत्सुकता बाँकी छैन सुनिता चाहिँ कत्तिको निर्धक्क छिन् ? उनैलाई सोधियो ।अझै बाँकी छ कति काउन्टिङ, तर अहिलेसम्म राम्रो भइरहेको छ । हेर्दै जाउँ’, सुनिताले जवाफ दिइन् ।जति भोट बढ्दै जान्छ,।।

त्यति जिम्मेवारी थपिएको महसुस हुँदै गएको उनको अनुभव छ । ‘मेरो लागि प्रत्येक भोटले जिम्मेवारी थपि रहेको छ, ममाथि गरिएको आशा र भरोसालाई खेर जान दिनु हुँदैन भन्ने भावना प्रगाढ बनिरहेको छ’, उनले भनिन् ।

सुनिताले सुरुमा काठमाडौंको मेयरमै उम्मेदवारी दिने सोच बनाएकी थिइन् । तर, एमालेले उपमेयर अफर गरेपछि उनले स्वीकारेकी हुन् । यो निर्णय उनका निम्ति निकै फाइदाजनक देखिएको छ । सुनिता आफैले नसोचेको

भोट ल्याइरहेकी छिन् ।उनलाई यति धेरै भोट किन ओइ रियो ?उनको आफ्नै विश्लेषण यस्तो छः‘यो जनताको माया र आशीर्वाद हो । एमालेजस्तो जनतामाझ स्थापित पार्टीको उम्मेदवार हुन पाउनु नै मेरो लागि सबैभन्दा ठूलो

कुरा थियो । यसका अतिरिक्त मैले विगतदेखि गर्दै आएको कामलाई समेत हेरेर मेरो क्षमतामाथि विश्वास गरेर भोट दिनुभएको जस्तो लाग्छ  यो माया र विश्वासप्रति म अत्यन्त अनुगृहीत छु । मलाई प्राप्त भएको प्रत्येक मतको जतन

गर्नेछु ।’यता, मेयरको प्रतिस्पर्धामा भने ठूला दलहरुलाई स्तब्ध तुल्याउँदै स्वतन्त्र उम्मेदवार बालेन साहले लिड गरिरहेका छन् । उनी पनि निकट प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर अन्तरले अगाडि छन् । यसर्थ, काठमाडौं महानगर

वासीले बालेन र सुनितालाई मेयर र उपमेयरको कुर्सीमा देख्न थालिसके ।सुनिता भने अहिले त्यसरी अनुमान गरिहाल्नु हतार हुने बताउँछिन् ।मत गणना अहिले पनि सुरुवाती अवस्थामै छ र धेरै मतहरु गन्न बाँकी रहेकाले

परिणाम यस्तै होला भनेर ठोकुवा गर्न सकिन्न । अरु सबैलाई जस्तै मलाई पनि उत्सुकता बढिरहेको छ । तर, जे परिणाम आउँछ, त्यसलाई सबैले सकारात्मक रुपमा ग्रहण गर्नुपर्छ किनकि जनता नै अन्तिम निर्णयकर्ता हुनुहुन्छ’,

सुनिताले भनिन् ।चुनावी अभियानका क्रममा सुनिताले बालेन साहको विषयमा गरेको टिप्पणी अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छ । उनले एउटा भाषणमा आफू ले चुनाव जितेपछि काठमाडौंमा एमफी थियटर बनाउने र

बालेनलाई गाउन निम्त्याउने बताएकी थिइन् । अब बालेन नै मेयर बन्ने सम्भावना बढेपछि सुनिता के भन्छिन् ?उनले आफ्नो अभिव्यक्तिको बचाउ गर्दै भनिन्, ‘मेरो भनाइलाई कसले कसरी बुझ्नु भयो, तर मैले त्यस्तो गलत त बोलेको

थिइनँ । र्‍याप भनेको नराम्रो कुरा होइन ।यो पनि संगीत को एउटा विधा हो । उहाँले यदि मेयर जित्नुभयो भने पनि र्‍याप गाउन छोड्नुपर्छ जस्तो लाग्दैन भोलि मेयरकै पदमा बसेर पनि एमफी थिएटरमा गाउन सक्नुहुन्छ । अरु देशमा

पनि हामीले विभिन्न उच्च ओहदामा रहनुभएका व्यक्ति हरुले आफ्नो विशेष कलाहरु स्टेजमा देखाउनुभएको पाउँछौं । त्यसैले यो नराम्रो हुँदै होइन ।’उनी थप्छिन्, ‘काठ माडौंमा युवाहरुलाई यस्तो प्लेटफर्म होस्, जहाँ उनीहरुले

आफ्नो विभिन्न प्रतिभा प्रष्फुटन गर्न सकून् भन्ने यो एउटा अवधारणा हो । त्यसैले एमफी थिएटरको कुरा गरेको थिएँ बालेनजीले जिते पनि नजिते पनि त्यहाँ पफर्म गर्न सक्नु हुन्छ । लिडरसिपमा भएको मान्छेले आफ्नो प्रतिभालाई

स्टेजमा प्रस्तुत गर्नु भनेको त राम्रो हो । यसले अरुलाई पनि प्रोत्साहन मिल्छ नि होइन र ? यो कुरालाई लिएर कसैले मन दुखाउनु पर्दैन जस्तो लाग्छ । यदि म उपमेयर भएँ पनि आफै पनि स्टेजमा पफर्म गर्नलाई धक मान्ने छैन

यदि बालेन मेयरमा निर्वाचित भएमा उनले यो नतिजालाई कसरी लिनेछिन् ?सुनिता भन्छिन्, ‘सबैभन्दा पहिले त कुनै पनि निर्णय आफैमा सकारात्मक वा नकारात्मक हुँदैन । त्यसलाई हामीले सकारात्मक बनाउने हो । यो चुनावको

रिजल्ट जे आए पनि मैले सही वा गलत भन्न मिल्दैन । यो रिजल्टलाई सही सावित गर्ने हाम्रै हातमा हुन्छ । हामीले टिमवर्क गरेर काठमाडौं बासिन्दाको हितमा काम गर्न प्रयास गर्ने हो ।’अन्तिममा सुनितालाई सोधियो, ‘बालेन

एउटा स्वतन्त्र उम्मेदवार, तर तपाईं एउटा पार्टीको प्रतिनिधि । तपाईंहरुको ट्युनिङ कत्तिको मिल्ला ?’उनले जवाफ दिइन्, ‘यो विषयमा चाहिँ अहिले नै बोल्नु अलि हतारो हुन्छ जस्तो लाग्छ । हामी सबैले समयलाई नै

प्रतीक्षा गर्नुपर्ला । तर, यति चाहिँ भन्छु कि जेसुकै रिजल्ट आए पनि काठमाडौं महानगरवासीले गर्नुभएको विश्वास लाई कदर गर्दै सामूहिक भावनाका साथ काम गर्न पनि म आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्नेछु ।’सुनिताको एउटा गित

Facebook Comments Box