एक्सक्लुसिभ भिडियो ताजा समाचार

बालेनले पूरा गरे सुनिताको योजना,( भि‘डियो सहित)

काठमाडौं – काठमाडौं महानगरपालिकाले ‘एम्फी थिएटर’ निर्माण गर्ने भएको छ । आइतबार महानगरको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर

बालेन (बालेन्द्र) साहले काठमाडौंमा ‘एमफी थिएटर’ निर्माण गर्ने घोषणा गरेका हुन् ।सार्वजनिक नीति तथा कार्यक्रममा भनिएको छ, ‘कला क्षेत्रलाई प्रबर्द्धन गर्नका

लागि काठमाडौं महानगर क्षेत्र भित्रका डबलीहरुको पुनर्स्थापना र एम्फी थियटर निर्माण गरिनेछ ।उपमेयर सुनिता डंगोलले आफ्नो चुनावी अभियानका क्रममा एमपी

थिएटर बनाउने कुरा गरेकी थिइन् । उनको उक्त भाषण भाइरल नै भएको थियो ।मेयरका प्रत्याशी बालेन्द्र साहको विषयमा टिप्पणी गर्दै डंगोलले आफूले चुनाव जितेपछि

काठमाडौंमा एमपी थिएटर बनाएर बालेनलाई गाउन निम्त्याउने बताएकी थिइन् ।बालेनका समर्थकहरुले उक्त भाषणलाई लिएर सुनितालाई ट्रोलसमेत गरेका थिए । तर,

मेयर बालेनले आफ्नो नीति तथा कार्यक्रममा एमपी थिए टरलाई स्थान दिएका हुन् ।यस्तै नीति तथा कार्यक्रममा विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति, बौद्ध, स्वयम्भु र

बसन्तपुर क्षेत्रको संरक्षण गरिने, स्वयम्भु र बौद्धको व्यव स्थापन काठमाडौं महानगरपालिका अन्तर्गत ल्याउन पहल गरिने उल्लेख छ ।महानगर क्षेत्र भित्र मनाइने जात्रा, पर्व,

मेला, पूजा, परम्परागत जीवन शैली एवं अन्य सांस्कृतिक सम्पदाहरुको मुख्य प”रिचयात्मक विवरण समेटी काठ माडौं महानगरको सांस्कृतिक प्रोफाइल तयार गरी प्रका शित गर्ने नीति तथा कार्यक्रममा भनिएको छ । थप अन्य भिडियो हेर्नुस

Facebook Comments Box