राजनीतिक सामाचार

ब्रेकिङ भरतपुर चितवनको ताजा अप्डेट हेर्नुस।

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल विजयी भएकी छन् । भरतपुरमा ११,१७३ मत गणना गर्न बाँकी हुँदा दाहाल विजयी भएकी हुन् ।

भरतपुर कूल खसेको मत १ लाख २७ हजार ८३९ मध्ये १ लाख १६ हजार ६६६ गणना भइसकेको छ । जसमा रेनु दाहालले ४७ हजार ४० मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका मेयर उम्मे दवार विजय सुवेदीले ३५ हजार ५८३ मत पाएका छन् ।

दाहाल र सुवेदीको मतान्तर ११,४५७ रहेको छ । जुन गणना गर्न बाँकी रहेको मतभन्दा बढी हो ।यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४२६३ मत पाएका छन् ।

यस्तै महानगरपालिकाको उपमेयर पदमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी पनि मत गणना गर्न बाँकी हुँदा नै विजयी भएका छन् ।

अधिकारीले ४७,९५८ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले २७,९२२ पाएकी छन् ।

अधिकारीले २० हजार बढी मतान्तर बनाइसकेकाले मतगणना सकिनुअघि नै विजयी भएका हुन् ।

Facebook Comments Box