ताजा समाचार

काठमाडौंको ताजा नतिजा यस्तो छ।

काठमाडौं । काठमाडौं महानगरको नयाँ मत परिणाम सार्वजनिक भएको छ । हालसम्म १ लाख १८ हजार २४० मतगणना भइसकेको छ ।जसमा काठमाडौंको मेयरका

स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणाम अनुसार बालेनले ४१ हजार ७६७ प्राप्त गरेका छन् ।उनलाई नेपाली काँग्रेकी मेयरका उम्मे

दवार सिर्जना सिंहले पछ्याइरहेकी छन् । बालेनपछि दोस्रो धेरैमत पाइरहेकी उनै सिंहले एमालेका उम्मेदवार केशव स्थापित लाई १ हजारभन्दा बढीले पछि पारेकी छन् । सिंह

पनि बालेनभन्दा १७ हजारभन्दा बढी मतान्तरले पपिछ परेकी छन् ।पछिल्लो मत परिणाम अनुसार सिंहले २४ हजार ३७५ मत पाएकी छन् । यस्तै एमालेका उम्मेदवार

केशव स्थापितले २३ हजार ३५४ मत पाएका छन् ।उता काठमाडौंको उपमेयरमा भने एमालेकी सुनिता डंगोलले ४२ हजार ४९४ मतसहित अग्रस्थानमा छिन् । उनलाई

नेकपा एकीकृत समाजवादकिा उम्मेदवार रामेश्वर श्रेष्ठले १४ हजार ९२२ मतका साथ पछ्याइरहेका छन्। अन्य थप भरतपुर । भरतपुर महानगरपालिकामा ३१ हजार ५२८

मतगणना गर्न बाँकी रहेको छ । हालसम्म यस पालिकामा ९६ हजार ३११ मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनु

सार महानगरको १ देखि २० नम्बरसम्मको गणना सकिएको छ अहिलेसम्मको गणनाअनुसार महानगर पालिका को प्रमुख पदमा पाँच दलीय गठबन्धनमा नेकपा

(माओवादी केन्द्र)बाट उम्मेदवार बनेकी रेनु दाहालले आठ हजार २९५ मतले अग्रता लिएकी छन्। दाहालले ३७ हजार ९२८ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय

सुवेदीले २९ हजार ६३३ मत प्राप्त गरे। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ४६३ मत प्राप्त गरेका छन् ।उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन

अधिकारीले राप्रपाकी हिमला गुरुङलाई १६ हजार ६७८ मत अन्तरले अग्रता लिएका छन्। अधिकारीले ४० हजार १२१ मत प्राप्त गर्दा गुरुङले २३ हजार ४४३ मत प्राप्त

गरेका छन्। भरतपुर महानगरमा हाल वडा नम्बर २१ र २२ को मतगणना जारी रहेको छ । यस पालिकामा २९ वटा वडा रहेका छन् । स्थानीय तह निर्वाचन २०७९ मा यहाँ एक लाख २७ हजार ८३९ मत खसेको थियो ।

Facebook Comments Box