काठमाडौं । भरतपुर महानगरको मेयर पदकी माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ४० हजार ५८९ मत प्राप्त गरेकी छन् ।पछिल्लो मत परिणाम अनुसार उनले अग्रता
कायम गर्ने क्रममा सो मत प्राप्त गरेकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी विजय सुवेदीले ३१ हजार ५७० मत प्राप्त गरेका छन् ।उनले प्राप्त गरेको यो मत रेनुको भन्दा ९
हजार १९ हो । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ६४ मत प्राप्त गरेका छन् । गठबन्धनको बिरुद्ध बागी उम्मेदवारी दिएपछि कारवाहीमा परेका थिए कार
वाही सँगै उनी स्वतन्त्र उम्मेदवार बनेर भुइँकटहर चिन्हबाट चुनाव लडिरेहेका छन् ।हालसम्म भरतपुरमा १ लाख १ हजार ९४५ मत गनिएको छ । त्यसमध्ये भरतपुरको
उपमेयरमा नेपाली काँग्रेसको उम्मेदवार चित्रसेन अधिकारी अग्रस्थानमा छन् । उनले ४२ हजार ७३२ मत प्राप्त गरेर अग्रस्थानमा छन् ।उनलाई राप्रपाकी उम्मेदवार हिमला
गुरुङले २४ हजार ९९२ मतका साथ पछ्याइरहेकी छन् । उनीहरुको मतान्तर पनि फराकिलो छ । अधिकारीभन्दा गुरुङ १७ हजार ७४० मतले पछि छन् । अब अन्य थप
समचार सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) विजयी भएका छन् ।निकटतम् प्रतिद्व`न्द्धी नेपाली कांग्रे
सका किशोर राईलाई ४ हजार ७६२ मतान्तरले पराजित गर्दै हर्क साम्पाङ निर्वाचित भएका हुन् ।हर्क साम्पाङले २० हजार ८ सय २१ मतका साथ विजय भएका हुन् ।
उनका प्रतिस्पर्धी कांग्रेसका किशोर राईले १६ हजार ५९ मत प्रप्त गरेका छन् । उनी नेपाली काँग्रेस पूर्व धरान नगरस भापतिसमेत हुन् ।त्यस्तै मेयरकै अर्की उम्मेदवार
नेकपा (एमाले)की ,,मञ्जु भण्डारी सुवेदीले १२ हजार ८ सय २५ मत प्राप्त गरेकी छन् । उनी धरान उपमहानगरकी निवर्तमान उपप्रमुख रहेकी छन् ।यसका साथै धरानको
उपमेयरमा भने गठबन्धनका उमेदवार आइन्द्र विक्रम बेघा निर्वाचित भएका छन् । उनले २० हजार ५१० मत ल्याउँदा उनका प्रति`स्प`र्धी एमालेका पदम इस्वो ले १७ हजार ६०६ मत प्राप्त गरेका छन् । न्युज२४ बाट