विराटनगर।प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सबै नागरिकलाई कोभिड खोप लगाउन प्रदेश सरकार लागि परेको बताउनु भएको छ । उहाँले प्रदेश सरकारले सवै नगरीकलाई खोपलगाउन संघिय सरकारसँग पनि आवश्य क मात्रामा खोप माग गरिएको बताउनुभयो ।
आइतबार विराटनगरमा करुणा फाउण्डेशन नेपालले प्रदेश नं १ सरकारलाई प्रदान गरेको ३० थान अक्सिजन कन्सन्ट्रे टर बुझ्दै मुख्य मन्त्री राइले नागरिकको स्वास्थ्य सरकारको प्राथमिकता रहेको बताउनु भयो ।उहाँले प्रदेश सरकारले आगामी नीति, कार्यक्रम र बजेटमा
समेत खोपलाई उच्च प्राथमिकता दिन लागेको जानकारी दिनुभयो । उहाँले सरकारले नागरिकलाई कोभिडको संक्र मणबाट बचाउन स्रोत र साधनले भ्याएसम्म काम गरिरहे को बताउदै यो संकटका बेला सरकारलाई सबैको साथ चाँहिने भन्दै सामाजिक संघसंस्थाहरुले आफुले सकेको सहयोग गर्नु पर्नेमा जोड दिनुभयो ।
उहाँले स्वास्थ्य मापदण्ड प्रयोग गरेर सावधानी अपनाउन आग्रह समेत गर्नु भएको छ । करुणा फाउण्डेशनले संखुवा सभा, भोजपुर, तेह्रथुम लगायतका ७ जिल्लाकाजिल्ला अस्पताललाई ३÷३ वटा र कोशी कोभिड अस्पतालका लागि ९ वटा वितरणका लागि अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको हो।
यो पनि .. ..काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालमा एक अध्यक्षको पक्षले अर्काे अध्यक्षको पक्षलाई पार्टी हितविपरीत काम गरेको अभियोगमा स्पष्टीकरण सोध्ने प्रतिस्पर्धा चलेको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षको आइतबार बसेको कार्यकारिणी समितिको बैठकले जसपा नेपालका अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष लाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
पार्टीमा कु नै छलफलबिना नेपाली कांग्रेस र माओवादी केन्द्रसँग गठबन्धनमा सामेल भएर पार्टीको हितविपरित गतिविधि गरेको अभियोगमा यादव पक्षलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको बताइएको छ ।तर, शनिबार बसेको यादव पक्षले भने ठाकु र पक्षलाई कारबाही गर्ने निर्णय गरेको थियो ।
यादव पक्षको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यद्वय लक्ष्मणलाल कर्ण र सर्वेन्द्र नाथ शुक्लालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
अझैँ पनि यस विषयमा यादव पक्षको कार्यकारिणी समिति को बैठक अझै जारी रहेको छ । तर, स्पष्टीकरण सोध्ने विषयमा भने अन्योलै रहेको देखिएको छ ।news24 nepal