राजनीतिक

प्रधानमन्त्री ओली : ‘चुनाव निष्पक्ष हुनेछ, सिसी क्यामेरा र ड्रोनले भिडियो खिच्नेछ’

प्रधानमन्त्री  केपी  शर्मा ओलीले आफू नेतृत्वको सरकारले निष्पक्ष  ढंगले  निर्वाचन गर्ने दावी गरेका छन् । प्रधानमन्त्री को  सरकारी निवास  बालुवाटारमा आफू निकट प्रेस चौता रीका पत्रकारहरूसँगको अन्तर्क्रियामा प्रधानमन्त्री ओलीले आफ्नो  नेतृत्वमा  धाँधली  हुन  नसक्ने  गरी  निर्वाचन गर्ने बताएका हुन् ।

उनले निर्वाचनमा सिसी क्यामेरा र ड्रोन बाट भिडियो खिचे र निष्पक्ष  चुनाव  गर्ने  उल्लेख  गरे ।  प्रधानमन्त्री ओलीले भने–‘मेरो  नेतृत्वमा  शान्तिपूर्ण , स्वच्छ  निष्पक्ष  निर्वाचन हुनेछ  । राष्ट्रिय  अन्र्तराष्ट्रिय  तमाम  पर्यवेक्षकहरु बोलाएर सामेत गरेर गरिनेछ । आज सिसी क्यामेराको जमाना हो ।

क्यामेरामात्र  हैन  सिसी  क्यामेरा  जडान  गरिनेछ । आज ड्रोन को समय  हो । माथिबाट ड्रोनबाट गतिविधीहरु खिचि नेछ ।  म देशी बिदेशीलाई चुनौतीका साथ भन्छु यो सरका रले  गराएको  चुनाव  सर्वोत्कृष्टता  ठहरिनेछ  ।’साथै  यही सरकारलाई राष्ट्रिय सरकारको रुपमा चुनाव गराउन सकिने पनि  बताए । उनले भने–‘मै प्रधानमन्त्री भएँ भनेमात्रै चुना व हुन्छ भनेर तानातान गरेर केही हुँदैन् ।

यही  सरकारलाई  राष्ट्रिय सहमतिको सरकार बनाएर जान सकिन्छ ।  प्रधानमन्त्री  ब न्ने के  स्रोत  हो  साथीहरुलाई म संविधान हेर्न आग्रह गर्दछु । हामी लोकतान्त्रिक शक्ति भए कोले  संविधानको  बाटो चल्नुपर्छ । असंवैधानिक बाटोमा हिँड्ने कुरासँग कुनै सम्झौता गर्न सकिँदैन ।

त्यस्ता  प्रबृतिहरुसँग  झुक्न समेत सकिँदैन । उनले अहिले खाली  रहेका  ७  वटा  मन्त्रालय  आफूसँग  रहेको बताउँदै राष्ट्रिय सहमतिको   सरकारका   लागि  अरु मन्त्रालय दिन तयार रहेको उल्लेख गरे ।श्रोत:रातोपाटि

Facebook Comments Box