राजनीतिक

राष्ट्रपतिको अधिकारबारे कहीँ उजुर लाग्दैन भन्दै प्रधानमन्त्री ओलीले जिकिर गरे

९ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधा नको धारा ७६(५)  अनुसार प्रधानमन्त्री नियुक्तिको आधार ठहर  गर्ने  राष्ट्रपतिको  अधिकारबारे  कहीँ  उजुरी  नलाग्ने जिकिर  गरेका  छन् । आइतबार  बालुवाटारमा आयोजित कार्यक्रममा उनले  धारा। ७६ (५)  को  प्रधानमन्त्री नियुक्ति राष्ट्रपतिको  स्वविवेकीय   अधिकार  हो  भन्दै  त्यसविरुद्ध प्रश्‍न गर्न नपाइने बताएका हुन् ।

‘संविधानमा ।राष्ट्रपतिको  स्वविवेकीय अधिकार प्रयोग गर्ने यो  मात्रै  ठाउँ हो । यसविरुद्ध  कहीँ  उजुरी  लाग्दैन , कहीँ हेरफेर गर्न मिल्दैन’ ओलीले भने ।राष्ट्रपति विद्यादेवी भण्डा रीले  धारा  ७६ ( ५)  अनुसारको   प्रधानमन्त्री  नियुक्तिका लागि दिएको  समयमा नेपाली कांग्रेसका सभापति शेरबहा दुर देउवाले  १४९   सांसदको हस्ताक्षरसहित दावी पेश गरे का थिए ।

त्यस्तै  प्रधानमन्त्री  के पी शर्मा  ओलीले  नेकपा  एमालेको १२१ र  जनता  समाजवादी  पार्टीको  ३२  जना गरी १५३ सांसदको  समर्थन रहेको दावी पेश गरेका थिए । तर राष्ट्रप तिले दुबैको  आधार नपुगेको भन्दै धारा ७६ (५) को प्रधान मन्त्री  नियुक्ति  गर्न  अस्वीकार  गरेकी  थिइन्  प्रधानमन्त्री ओलीले राष्ट्रपतिको अधिकार नमान्ने, पद, प्रतिष्ठा र मर्यादा नमान्ने प्रवृत्ति देखिएको बताए ।

यो पनि …..९ जेठ , काठमाडौं  । प्रधानमन्त्री  केपी   शर्मा ओलीले   आफ्नो   नेतृत्वको  सरकारलाई  चुनावी सरकार बनाउन प्रस्ताव गरेका  छन् । आइतबार  पत्रकार  सम्मेलन गरी  एमाले  अध्यक्षसमेत  रहेका प्रधानमन्त्री ओलीले यही सरकारलाई चुनावी सरकार  बनाउन  प्रस्ताव  गरेका हुन् । उनले अघि भने, ‘७ वटा मन्त्रालय खाली नै छन् ।

संविधानले  २५  भन्दा   बढी  बनाउन नपाउने भनेको छ । दलहरुको  संसदको  हैसियत  अनुसार बाँडेर यही सरकार लाई राष्ट्रि य सरकार  बनाउन सकिन्छ ।  यही सरकारलाई चुनावी सरकार बनाउन सकिन्छ ।’अनलाइन खबरबाट

Facebook Comments Box