९ जेठ, काठमाडौं । संसद विघटनको वि’रोधमा नेपाल विद्यार्थी संघले राष्ट्रपति कार्यालय शीतलनिवास बाहिर प्रदर्शन गरेको छ ।मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन सदर गरेर निर्वाचन मिति घोषणा गरेपछि नेपाल विद्यार्थी संघले शीतलनिवासि बाहिरको सडकमा प्रदर्शन गरेको हो । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी प्रदर्शन कारीलाई प’क्राउ गरेको छ ।
यो पनि ….पाँ च विद्यार्थी संगठनहरु ले सरकारले जनस्वा स्थ्यमाथि गरेको खेलवाड र संसद विघटनको निर्णयको प्रतिरोध गर्न आह्वान गरेका छन् ।नेपाली कांग्रेस, माओ वादी केन्द्र , एमाले माधव नेपाल समूह, जसपा र राष्ट्रिय जनमोर्चाका विद्यार्थी नेताहरुले संयुक्त विज्ञप्ति निकालेर सो आह्वान गरेका हुन् ।
‘को’रोना भाइरस नियन्त्रणमा ध्यान नदिएको कारण अस्प तालमा बेड, अक्सिजन, औषधिको हाहाकार मच्चिरहेको अवस्थामा मध्यावधि निर्वाचनको घोषणा देश र जनताप्रति गैरजिम्मेवारीको पराकाष्ठा हो भने जनताको स्वास्थ्यमाथि को गम्भीर खेलवाड र अ’पराध हो,’ उनीहरुले भनेका छन् ।
‘सर्वोच्च अदालतले पुनःस्थापना गरेको संसदको दोस्रो पटकको विघटन सर्वभौम जनतामाथि गरिएको निरंकूश र अधिनायकवादी डकैती हो ,’ संयुक्त विज्ञप्तिमा लेखिएको छ , ‘संयुक्त विद्यार्थी आन्दोलनको तर्फबाट संसद विघटन को घो र निन्दा र भर्त्सना गर्दछौं ।’उनीहरुले सरकारले जनतामाथि गरेको भन्दै उनीहरुले आ–आफ्नो ठाउँबाट प्रतिरो ध गर्न सम्पूर्ण विद्यार्थी तथा आम जनसमुदायमा अनुरोध गरेका छन् ।
संयुक्त विज्ञप्तिमा नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, अखिल। क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियू (माधव नेपाल पक्ष)का अध्यक्ष सुदेश पराजु ली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैटौंका अध्यक्ष विमल पोखरेलको हस्ताक्षर छ ।अनलाइनखबरबाट