ताजा समाचार दु:खद खबर

नेपालका ठुला नेतालाई शोक, २० वर्षपछी बल्झियो यो रोग

असार ८ , काठमाडौँ – विधाताले रचेको विधिको विधानलाई कसैले टार्न नसक्ने रहेछ, आउने र जाने तिथि र मितिको पनि यो दुनियाँमा कसैलाई पत्तो नहुने रहेछ, कतिखेर यो धर्तीमा पदार्पण गराउने र कतिखेर धर्तीबाट पुनः नभमै विलीन गराउने

यसको हिसाबकिताब र समय तालिका मान्छेको वशमा वा मान्छेको हातमा नहुने रहेछ।नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंलाई पत्नीशोक परेको छ ।

बिजुक्छेकी पत्नी शोभा प्रधानको उपचारका क्रममा बुधबार ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा मृत्यु भएको हो ।

लामो समयसम्म शिक्षण पेशामा आवद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएको थियो। त्यतिबेला क्यान्सर निवारण भए पनि केही वर्षअघि पुनः क्यान्सर देखिएपछि उपचाररत रहेकी प्रधानको नेपाल क्यान्सर हस्पिटलमा उपचारकै क्रममा निधन भएको हो।

६२ वर्षीया प्रधान २०औं वर्षदेखि क्यान्सर पीडित थिए । दुईतीन दिनअघि क्यान्सरले च्यापेपछि अस्पताल ल्याएकी प्रधानको बुधबार दिउँसो उपचारकै क्रममा मृत्यु भएको नेपाल क्यान्सर अस्पतालका मेडिकल निर्देशक डा. सुदीप श्रेष्ठले जानकारी दिए ।

डा. श्रेष्ठका अनुसार स्तन क्यान्सर सर्भाइभर प्रधानको पछिल्लो समय पाठेघरमा समेत क्यान्सर देखिएको थियो ।

रामेछाप माइती भएका प्रधान सरकारी शिक्षण सेवाबाटै केही वर्षअघि सेवा निवृत्त भएकी थिइन् । उनको र नारायणमान बिजुक्छेंको विवाह २०४० सालमा भएको थियो ।

बिजुक्छे दम्पतीका सुवेग र सुभान गरी दुई छोरा छन् ।

Facebook Comments Box