अर्घाखाँचीमा बालिकालाई फकाई यौन क्रिया कलापमा संलग्न गराउने व्यक्तिहरु पक्राउ परेका छन । नाताले हजुरआमा पर्ने ४० वर्षीया महिला र करणी गर्ने शितगंगा नगरपालिका वडा नम्बर १४ का २२ वर्षिय ओम प्रकाश न्यौपानेलाई
पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घा खाँचीका प्रहरी नायव उपरीक्षक अम्मरबहादुर थापाले जानकारी दिनुभयो । सन्धिखर्क नगर पालिकामा बस्ने १४ वर्षिय बालिकालाई
चाउचाउ, बिष्कुट खुवाउने लोभमा नाताले हजु रआमा पर्ने महिलाको घर र जगंलमा जवरजस्ती करणी गर्ने न्यौपाने र करणीवापत युवकसँग
महिलाले पैसा लिने गरेको भनि उजुरी परेकाले पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिनुभयो ।
पक्राउ परेका दुबै जनालाई मानव बेचबिखन तथा ओसारपसार र जवरजस्ती करणी कसुरको मुद्दा दर्ता गरि ६ दिन म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box