ताजा समाचार

ज्ञानेन्द्र शाहीले रवि लामिछानेलाई यस्तो सुझाब सल्लाह दिदै गरे स्वागत..

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले लोकप्रिय सञ्चारकर्मी रवि लामिछानेलाई राजनीतिमा स्वागत गरेका छन्। उनले अवश्य पनि तपाइँ हामीले सोचेको भ्रष्टाचारमुक्त नेपाल हामी सबै मिलेर बनाउनु पर्छ भन्दै शुभका मना दिएका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हार्दि क स्वागत छ आदरणीय दाजु राजनीतिकमा…अबश्य तपाईं हामिले सोचेको, सुन्दर शान्त, भ्रष्टाचारमुक्त नेपाल। हाम्रै पालामा हामी सबै मिलेर बनाउनु छ।

’लामिछानेले राजनीतिमा प्रवेश गर्न ग्यालेक्सी टेलिभिजनबाट बिदा भएका छन्। गायक शिव परियारले पनि चर्चित सञ्चार कर्मी रवि लामि छानेलाई शुभकामना दिएका छन्।

यो पनि.. गायक शिव परियारले रवि लामिछानेलाई भने- राष्ट्रिय राजनीतिमा प्रवेश गर्न लाग्नु भएकोमा शुभकामनाचर्चित गायक शिव परियारले चर्चित सञ्चारकर्मी रवि लामिछानेलाई शुभकाम ना दिएका छन्।

सञ्चारकर्मी लामिछानेले राजनीतिमा प्रवेश गर्ने भएपछि गायक परियारले सफलताको लागि शुभकामना दिएका हुन्।गायक परियारले सामाजिक सञ्जाल फेसबुकमार्फत सञ्चारकर्मी लामिछानेलाई शुभकामना दिएका छन्।

उनले लेखेका छन्ः ‘राष्ट्रिय राजनीतिमा प्रवेश गर्न लाग्नु भएका युवा लोकप्रीय संचारकर्मी रवि लामिछाने दाईलाई सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु।’ लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने राजनीतिमा प्रवेश गर्नका निम्ति ग्यालेक्सी टेलिभि जनबाट बिदा भएका छन्।

राजनीति गर्न रबि लामिछानेले छोडे टेलिभिजन, कहाँबाट उठ्ला न्?लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने आगामी संसदीय चुनावमा काठमाडौंबाट स्वतन्त्र उम्मेदवार बन्ने भएका छन्। उनी आजै ग्यालेक्सी टेलिभिजनबाट बिदा भएका हुन्।

लामिछानेले काठमाडौंको कुन निर्वाचन क्षेत्रबाट लड्ने भन्ने चाहिँ अन्तिम टुंगो लागिसकेको छैन । तर, उनले ३ नम्बर क्षेत्र रोज्ने सम्भावना प्रवल रहेको स्रोतले बतायो। यद्यपि, निकटस्थ हरूले १ नम्बर र ५ नम्बर पनि सुझाइरहेका छन्।लामिछाने आजै ग्यालेक्सी टिभीबाट बिदाई भएका छन्।

टिभीका अध्यक्ष जिवी राईले लामिछानेलाई खादा लगाएर औपचारिक विदाइ गरे। लामिछाने सो टिभीका संस्थापक तथा प्रस्तोता थिए।रवीले चलाउने कार्यक्रम सिधा कुरा जनतासँगको अन्तिम एपिसोड आज प्रसारण हुँदैछ।

उनले आफ्नो कार्यक्रम युवराज कँडेललाई हस्तान्तरण गरेको बुझिएको छ। कँडेल उक्त कार्यक्रममा भ्वाइस ओभर गर्ने गर्थे।

Facebook Comments Box